एकीकृत घुम्ती शिविरमा सर्वसाधारणको घुइँचो

प्यूठान, २ असार । प्यूठान जिल्लाको दुर्गम क्षेत्र दाङबाङ गाविसमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा सेवा लिनेको घुइँचो लागेको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सो गाविसमा पहिलो पटक शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

जिल्लाका विभिन्न सरकारी कार्यालय सम्मिलित एकीकृत घुम्ती सेवा शिविरमा अहिलेसम्म नागरिताको प्रमाणपत्र १८० थान, महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र दुई थान, मालपोत कार्यालयबाट नामसारी १०, नाम सुधार ६ र रजिस्टे«सन पास ५० जनाले लिएको प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी नापी कार्यालयबाट कित्ता कार्ड १२ वितरण गरिएको छ भने १४० मतदाता नामावली सङ्कलन भएको प्रजिअ कुरुम्वाङले बताए ।

नागरिता प्रमाणपत्र तथा अपाङ्गता परिचयपत्र वितरण कार्य सोमबार र मङ्गलबार करिब सकिएको भए पनि स्थानीयको मागका आधारमा नापी र मालपोत कार्यालयले आज र भोलिसम्म शिविरमा सेवा दिने सहभागी तथा राष्ट्रिय अनुसन्धान प्रमुख शिव कार्कीले जानकारी दिए ।

शिविरका अवसरमा महिला र पुरुषका लागि लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए ।

प्रतिक्रिया