दक्षिण भारतका नेपालीको सहयोग

Janasamparka-Chhenai-2काठमाडौं । भूकम्पपीडितहरूको सहयोगको लागि नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय समितिले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा क्षेत्रीय समिति चेन्नईका अध्यक्ष कमलबहादुर गुरुङ्गले १ लाख ६० हजार रुपैयाको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा समितिका ज्योतिन्द्रनाथ आचार्य सहित सभासद्हरु यज्ञबहादुर थापा र प्रकाश पौडेलको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया