अमेरिकामा सरोज खनालको विदाइ

Saroj Khanalवाशिंगटन डिसी । १७ वर्षको अमेरिका बसाइपछि अन्तत्वगत्वा मातृभूमिको अथाह मायालाई बिर्सन नसक्ने भएपछि नेपाली चलचित्र जगतका ख्याति प्राप्त अभिनेता नेपाल फर्कने पक्का भएको छ ।

उनी १९७७ डिसेम्बर ३ तारिखमा नेपालबाट सुटुक्क अमेरिका आएका थिए ।

सुटुक्क फर्कने योजना भएतापनि उनले नेपाली समुदायमा गरेको योगदान, संस्कृति र कलालाई विदेशमा पनि सम्बर्धन र प्रबर्धनमा कुनै कन्जुस्याई नगरेकोले उनका प्रशंसक तथा मित्रहरुले उनलाई सुटुक्कै नेपाल फर्कन नदिई एक बिदाई समारोहको आयोजना गरी स–सम्मान बिदाई गरेका छन् ।

एनआरएन अमेरिकाको भर्जिनिया शाखाको पहलमा भएको बिदाई कार्यक्रममा उनलाई समर्पित गर्दै उनका चलचित्रका गीत, सन्देश मुलक चिट्ठी, मुक्तक, राष्ट्र भक्ति तथा मन छुने प्रकारका कविता वाचन गरिएको थियो ।

बिदाइ कार्यक्रम पूर्ण अनौपचारिक भएकोले झन्डै एक दशक अगाडि अमेरिका आएका गायक कर्ण दासले नायक सरोज खनाललाई समर्पित गर्दै ‘ईश्वर तैले रचेको फेरी किन बिगारिस’ बोलको गीत गाएका थिए तर उनी बिदाईमा अलिक भाबुक भएकोले आधा मात्र गीत गएका थिए ।

उनका प्रशंसकको अनुरोधमा कर्ण दासको पहिलो गीत ‘जिन्दगीको के भरोसा’ दर्शकसँगै गाएर मनोरजन प्रदान गरेका थिए ।

कर्ण प्रिय स्वरका धनी कर्ण दासले पनि अभिनेता सरोज खनाललाई तपाई पहिला जानुस भन्दै म पनि तपाईको पछिपछि नेपाल आउने छु भनेका थिए ।

प्रतिक्रिया