पोलभोल्ट बादशाह बुब्काको नेपाल भ्रमण

12काठमाडौं, २४ जेठ । सन् १९८८ मा दक्षिण कोरियामा भएको सिउल ओलम्पिकका स्वर्ण पदक विजेता तथा ६ पटकका विश्व च्याम्पियन सर्जेइ बुब्का ४८ घन्टा नेपाल भ्रमण गरेर फर्केका छन् । । खेल जीवनमा ३५ पटक विश्व कीर्तिमान कायम गरेका बुब्काले इन्डोरतर्पm १८ र आउटडोरमा १७ पटक कीर्तिमान तोडेका थिए । बुब्का विश्व खेलकुदका त्यस्ता अद्वितीय व्यक्तित्व हुन् जसले लामो समय आफ्नै कीर्तिमानसँग मात्र प्रतिस्पर्धा गरिरहे ।

हाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका कार्यकारी सदस्य, अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघका उपाध्यक्ष एवं विकास कमिटीका अध्यक्ष तथा युक्रेन ओलम्पिक कमिटीका अध्यक्ष बुब्काले गत भूकम्पका कारण नेपाली खेलकुदका भत्किएका संरचनाहरूको अवलोकन गरेका थिए ।
विश्व एथलेटिक्सका नायक बुब्काले नेपाली खेल प्रशासक तथा खेलकर्मीसँग भेट गरे । उनले नेपाली खेलाडीसँगको भेटमा आफ्ना खेल करियरका केही अनुभवसमेत साटे । बुब्काले दशरथ रंगशालामै एथलेटिक्सका पूर्व एवं वर्तमान राष्ट्रिय खेलाडीलाई भेट गरेका थिए भने नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग पनि उनको भेटघाट भएको थियो ।
रंगशालामा रहेको ट्र«याक हेरेपश्चात् उनले नेपाललाई एउटा सेन्थेटिक ट्रयाकको आवश्यकता रहेको बताए । नेपाल सरकारले जग्गा व्यवस्था मिलाएको खण्डमा आपूmहरू नेपाललाई सेन्थेटिक ट्रयाक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । एथलेटिक्स खेलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय एमच्योर एथलेटिक्स महासंघका उपाध्यक्ष बुब्का छोटो भ्रमणमै नेपालीको मन जित्न सफल भए । नौ अगस्टमा चीनको बेइजिङमा हुने कंग्रेसमा नेपालका भूकम्पपीडित खेलाडी र नेपालीका लागि राहतको प्याकेज घोषण गर्न सक्दो प्रयास गर्ने उनले बताए । उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा समेत सहयोगका लागि प्रस्ताव राख्ने बताए । बेइजिङमा हुने कंग्रेसमा विश्वका दुई सय १४ राष्ट्रको उपस्थितिसमेत रहनेछ ।
उनलाई बेइजिङमा हुने अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स महासंघ (आइएएएफ)को अध्यक्षको बलियो प्रत्यासीको रूपमा हेरिएको छ । आइएएएफमा ४० वर्ष कार्यभार सम्हालेका लामिन डियकले बेइजिङमा पद हस्तान्तरण गर्दै छन् । अध्यक्षको लागि बेलायतका सबास्टिन कोए र सर्जिइ बुब्कालाई प्रतिस्पर्धा गर्दैछन् ।
राष्ट्रिय खेलकुद परिषद्मा रहेका रंगशाला, स्विमिङ पुललगायत केही भवनको अवलोकनपश्चात उनले नेपाली खेलकुदको भौतिक विकासमा सहयोग गर्ने बताएका छन् । बुब्काले भने नेपालबाट फर्कने बित्तिकै एथलेटिक फेडेरेसन, ओलम्पिक कमिटी र आफ्नो सहकर्मीहरूलाई नेपाललाई सहयोग गर्नका लागि सल्लाहसमेत प्रतिवद्धता व्यक्त गरे । बुब्काले भने ‘नेपालको स्थितिबारे म अन्तर्राष्ट्रिय निकायलाई जानकारी गराउनेछु । भूकम्पपछि नेपालको खेलकुदको स्थितिलाई लिएर हामी गम्भीर छौँ । नेपाली खेलकुदमा विद्यालय क्षेत्रबाट खेलकुदलाई अगाडि बढाउनसके खेलकुदमा विकास हुने सल्लाह व्यक्त गरे ।
त्यस्तै शुक्रबार राती नेपाल आइपुगेका बुब्काले भूकम्पपछि प्रभावित त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको अन्य भौतिक पूर्वाधारका साथै वसन्तपुर र भक्तपुर दरबार स्क्वायरको शनिबार अवलोकन गरे ।
नेपालका सञ्चारमाध्यमले खेलाडीहरूका लागि के सन्देश दिनु भन्ने प्रश्नमा उनले भने, नेपाली खेलाडीहरूलाई हाल खेलकुदमा राम्रो वातावरण रहेको हँुदा कडा मेहनेत गरेर खेल्न अनुरोध गरे । जितका लागि सबैभन्दा महत्वपूर्ण कडा मेहनत, अनुशासन, र प्रशिक्षकको मार्गदर्शन रहेकोले त्यसलाई सही तरिकाबाट प्रयोग गर्न सल्लाह दिए ।
उनले एथलेटिक संघलाई भने विद्यालय क्षेत्रबाट एथलेटिकलाई अगाडि बढाउनुपर्ने बताए । उनी भन्छन्, ‘सर्वप्रथम खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षकको ठूलो हात रहने भएकोले प्रशिक्षलाई नै विभिन्न खालको ज्ञान दिनुपर्छ ।’
सभासद् एवं नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहसँग केही महिनाअगाडि चीनमा भएको सधारणसभाको क्रममा नेपाल भ्रमणको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल आएका थिए ।
त्यस्तै ८०–९० दशकका नायक बुब्कालाई खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सभासद् एवं नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले बिदाइ गरे ।
बिदाइ कार्यक्रममा एथलेटिक संघका अध्यक्ष शाहले बुब्काको नेपाल भ्रमणले विश्वमाझ राम्रो सन्देश जाने र नेपाली खेलकुदलाई ऊर्जासमेत मिल्ने बताए ।
खेलकुद मन्त्रालयका सचिव शर्माले विश्व खेल इतिहासका व्यक्तिको नेपालमा आउनु गर्वको विषय रहेको बताए ।

प्रतिक्रिया