जिुम्लामा यार्सा टिप्न दुई सय विद्यार्थीद्वारा निवेदन

Yarsa-Tipna-Jadai-Nepalजुम्ला, ११ जेठ । जुम्ला जिल्लाको चौधबीस भेकमा पर्ने ऋणमोक्ष उच्च माध्यमिक विद्यालका दुई सयभन्दा बढी विद्यार्थीले यार्सागुम्बा टिप्न प्रधानाध्यापकसमक्ष सामुहिक निवेदन पेस गरेका छन् ।

निवेदनमा उनीहरूले ‘यार्सा टिप्न पाटन जान पाऊँ’ भनेका छन् । निवेदन उद्धृत गर्दै उक्त उच्च माविका सहायक प्रधानाध्यापक जगतबहादुर शाहीले भने, ‘बर्सेनि करिब ६० प्रतिशत विद्यार्थी पाटनतर्फ जान्छन् सबैले निवेदन पनि दिँदैनन् ।’

एक बालीमात्र फल्ने जुम्लामा जीविकोपार्जनको अन्य वैकल्पिक माध्यम नभएकाले यार्सा टिप्न लेकतिर जानु जुम्लाका सर्वसाधारणको बाध्यता हो । कक्षा ४ माथिका विद्यार्थीले यार्चा टिप्न बिदा लिएका छन् ।

प्रतिक्रिया