नेपथ्य कन्सर्टको नाफा भूकम्पपीडितलाई

Nepathyaकाठमाडौं । चर्चित लोक पप सांगीतिक ब्यान्ड नेपथ्यले युएईमा शुक्रबार गर्ने ‘नेपथ्य लाइभ कन्सर्ट’ कार्यक्रमको सम्पूर्ण नाफा भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ । कार्यक्रमको अन्तिम तयारीबारे जानकारी दिन युएईको पार्क पेगिस होटेलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो घोषणा गरिएको हो ।
युएईमा राहतसँगै सांगीतिक माहोलमा नेपालीपन झल्काउँदै सहयोगको भावनाका साथ गायक अमृत गुरुङको संयोजनमा नेपथ्य टोली हाल युएईमा छ । त्यहाँको करामाको अल नासर लेजरल्यान्ड क्लबमा कन्सर्ट हुँदै छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष अर्जुन दाहाल र आयोजक राजन अधिकारीले कन्सर्टका विविध पक्षबारे जानकारी गराएका थिए । ‘हामी कार्यक्रमलाई सफल बनाउन सबै टिकट बिक्री गर्ने योजनामा छौँ’, आयोजक अधिकारीले भने, ‘त्यसकारण पनि यो कार्यक्रम सफल हुनेमा हामी विश्वस्त छौँ ।’ (सौस)

प्रतिक्रिया