भूकम्पपीडितलाई निःशुल्क शिक्षाको तयारी

main-logoकाठमाडौं, ४ जेठ । वैशाख १२ र २९ मा गएको विनाशकारी भूकम्पबाट कोही अछुतो रहन सकेको छैन । यसक्रममा नेपाली खेलकुदले केही उत्कृष्ट खेलाडी तथा प्रशिक्षक विनाशकारी भूकम्पकै कारण गुमाउन पुग्यो । थुप्रै नेपाली खेलकुद संघ विनाकारी भूकम्पबाट पीडित परिवारलाई राहत वितरणमा सक्रिय भइरहेका छन् । यसैक्रममा नेपाली खेलकुदमा पछिल्लो समय सक्रिय भएर लागेको खेलकुद संघ नेपाल अटोमोबाइल्स स्पोर्टस एसोसिएसन(नासा) पनि राहत वितरण कार्यमा थपिएको छ । नासाले आफ्नो छुट्टै ‘नासा इमर्जेन्सी एक्सन फन्ट’ बनाएर भूकम्प पीडितका लागि सहयोग गर्ने सोच अघि सारेको महासचिव गोविन्द भट्टराईले जानकारी गराए । नासाको भूकम्पपछि बसेको बैठकले मुख्य चार प्रस्ताव अघि सार्दै अन्तर्राष्ट्रिय अटोमोबाइल्स संघ(एफआइए)लाई सहयोगका लागि पत्राचार गरिसकेको महासचिव गोविन्द भट्टराईले जानकारी दिए । ‘सोही प्रस्ताव अनुसार एफआइएले एक लाख युरो सहयोग गर्ने घोषणा गरिसकेको छ ।

यसैगरी, फन्टमार्पmत हामीले भूकम्पपीडितका लागि सहयोगको थालनी गरिसकेका छौँ ।’ महासचिव भट्टराईले भने, ‘हामीले हाम्रो तर्पmबाट आगामी १२ वर्षका लागि कार्यतालिका तयार पारेका छौँ ।’ यस्तै अर्काे दुई हप्तापछि नासाको बैठक बसेर सबै योजना तयार पारेर अघि बढ्ने उनले बताए ।
नासाको बैठकले गरेको प्रस्तावअनुसार एक सय जना भूकम्प पीडितका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाइदिने, ६० जनालाई हरेक वर्ष ड्राइभिङ तथा मेकानिकल्सको निःशुल्क तालिम प्रदान गर्ने तथा हाइवे इमर्जेन्सी सेन्टर खुलाउने योजना रहेको भट्टराईले थपे ।
भूकम्पबाट अति प्रभावित बनेका जिल्लाका एक सय जना बालबालिकालाई निःशुल्क पढाउने योजना बनाएका छौँ । तर, यसमा त्यस स्थानीय क्षेत्रका जिल्ला शिक्षा कार्यालय, गाउँ विकास समिति, नगरपालिका र त्यहाँका सभासद्को स्वीकृतिमा प्रक्रिया अघि बढाउने बताए । ‘सबै एक सय बालबालिका बढी प्रभावित क्षेत्रबाट नहुन पनि सक्छ ।’ भट्टराईले भने, ‘प्रभावित भए पनि उनीहरूलाई त्यतै पढाउने व्यवस्था मिलाएको छ भने हामीले ल्याउन मिल्दैन ।’ यस्तै नासाले विभिन्न राजमार्गमा ‘हाइवे इमर्जेन्सी सेन्टर’ मिनी ट्रमा सेन्टरको स्थापनाका लागि गृहकार्य भइरहेको छ । नासाको प्रस्तावअनुसार सडक सुरक्षाको लागि सडक दुर्घटनाबाट घाइतेहरूले चाँडै नै उपचार पाउन सकोस् भन्ने उद्देश्यले बढी खतरा भएका तीन ठाउँ बनेपा, पृथ्वी राजमार्ग, धनगढी–डडेलधुरा अथवा सुर्खेत–जुम्लामा ‘हाइवे इमर्जेन्सी सेन्टर’ स्थापनाका लागि एफआइएमा प्रस्ताव पेस गरेका छौँ । उनले भने, यसमा त्यहाँका जिल्ला जनस्वास्थ कार्यालयको सहयोग आवश्यकता पर्छ ।
यस्तै नासाले विनाशकारी भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको नाममा ‘सुमन भोम्जन खेल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको पनि जानकारी गराए । यस पत्रकारिता पुरस्कारबाट हरेका वर्ष खेलकुद क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई नगद १५ हजारसहित सम्मान गरिनेछ ।

प्रतिक्रिया