स्वास्थ मन्त्रालयबाट १३ हजारलाई सेवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट परिचालित नेपाली सेनाले परिचालन गरेका टोलीबाहेक अन्तर्राष्ट्रिय चिकित्सक टोलीले हालसम्म १३ हजार ९८ बिरामीलाई सेवा प्रदान गरेको छ ।
तीमध्ये १९ प्रतिशत भूकम्पका कारण भएका घाइते भएका र बाँकी ८१ प्रतिशत विभिन्न अन्य खालका अन्य बिरामी थिए । अन्तर्राष्ट्रिय चिकित्सक टोलीले स्थापना गरेका अस्थायी अस्पतालमा तीन सय ५४ बिरामीलाई भर्ना गरी उपचार गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । टोलीले आठ सय ४७ निमोनिया भएका बालबालिका र दुई सय ५५ पखालाका बिरामीको उपचार गरेको छ । टोलीले ३० घाइतेको जटिल शल्यक्रियासमेत गरेको छ । मंलबारको पराकम्पनबाट प्रभावित सम्बन्धित जिल्लामा कार्यरत अन्तर्राष्ट्रिय चिकित्सा टोलीलाई निरन्तर रूपमा सोही जिल्लामा काम गरिरहन पनि मन्त्रालयले आग्रह गरेको छ । बिरामी उपचारका लागि आवश्यक पर्ने त्रिपाल विभिन्न अस्पताललाई तत्काल उपलब्ध गराउन निर्देशन दिनाका साथै विपत्बाट मानव मृत्यु कम गर्नका लागि समेत मन्त्रालयले हरतरहले प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले धादिङ जिल्लामा मनोसामाजिक परामर्शका लागि टोली पनि सञ्चालन गरेको छ । (सौस)

प्रतिक्रिया