आफ्नै दूध पिएर बाँचेकी ‘स्युजन’

Susan-OBrienन्यूजील्यान्ड । न्यूजील्यान्डको जंगलमा हराएकी एक महिला आफ्नै दूध पिएर बाँच्न सफल भएकी छन् । उनलाई जंगलबाट सुरक्षाकर्मीहरूले उद्धारसमेत गरेका छन् ।

स्युजन ओ ब्रायन नाम गरेकी २९ वर्षीया महिला आइतबार साउथ वेलिंगटनको जंगलमा हराएकी हुन् । जंगल हुँदै २० किलो मिटर लामो दौडमा सहभागी भएकी स्युजनले बाटो बिराएर जंगलभित्र प्रवेश गरेकी थिइन् ।

दौडदा लगाउने सामान्य कपडा लगाएकी स्युजन रातिको जाडोबाट जोगिन खाल्टो खनेर बसेको समाचारमा जनाइएको छ ।

आँटका साथ जंगलमा रात बिताएकी उनले खाल्डो खनेर आफूलाई त्यसैमा माटोले पुरेकी थिइन् । त्यसो गर्दा उनलाई चिसोबाट बच्न केही राहत महशुस भएको पत्रकारहरूलाई प्रतिकृया दिएकी छिन् ।

हेलिकप्टर सोही जंगल हुँदै आफ्नो गन्तब्यतर्फ जाँदै थियो । स्युजन जंगलमा हराएको कसैलाई थाहा थिएन ।

उनी जंगलमा हराएका बेला वर्षा भइरहेको थियो । चिसो र वर्षाले बाँच्ने आसा छाडेकी स्युजनले बाँच्नकै लागि आफ्नो दूध पिएको उल्लेख गरिन् । स्युजनका दुई वर्षीय छोरा र आठ महिनाकी छोरी छन् ।

जंगलमा उनले आफूलाई बचाउनका लागि पटक पटक ‘गुहार’ भन्ने गरेकी थिइन् । स्युजनको आवाजलाई ‘हीट डिटेक्टिङग सेन्सर’ जडित हेलिकप्टरले थाहा पाएपछि उद्धार गरिएको थियो ।

हेलिकप्टर सोही जंगल हुँदै आफ्नो गन्तब्यतर्फ जाँदै थियो । स्युजन जंगलमा हराएको कसैलाई थाहा थिएन ।

स्युजनलाई उद्धारपछि तत्काल अस्पताल लगिएको थियो । उनलाई आफ्ना छोराछोरीसँग पनि तत्काल भेट गराइएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया