तनहुँका कैनी बेलायती काउन्सिलरमा विजयी

Bachhu-Kainiडार्टफोर्ड । तनहुँको घाँसीकुवा कमलबारीमा जन्मिएका बच्चुकैलाश कैनी बेलायतको डार्टफोर्ड क्षेत्रको निर्वाचनबाट काउन्सिलर पदमा विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका उम्मेदवार डेभिड बट्लरलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

देशैभर लेभर पार्टीको कमजोर प्रदर्शनका बाबजुद कैनी आफ्नो क्षेत्रमा विजयी भएका छन् ।

डार्टफोर्ड क्षेत्रमा खसेको कुल दुई हजार २५० मतमध्ये कैनीले ८ सय ४६ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्द्वी बट्लरले आठ सय दुई मत पाएका थिए ।

काउन्सिलरमा विजयी भएपछि कैनीको मेयर पदका लागि उम्मेदवार बन्न पाउने बाटो खुलेको छ ।

प्रतिक्रिया