साउदीका नेपाल कामदारद्वारा काउलेमा सहयोग

भरतपुर । साउदी अरेवियामा रहेका नेपाली कामदारसहितको विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा काउलेका भूकम्पपीडितहरुलाई शनिबार खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको छ ।

चितवनको काउले गाविसमा पर्ने छापडाँडालगायतका क्षेत्रमा मितेरी फाउण्डेशनको समन्वयमा करिब दुई लाख रुपियाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो । वैशाख १२ गते आएको महाभूकम्पबाट काउलेका छापडाँडालगायत क्षेत्रका ८० घरधुरी प्रभावित भएका छन् ।

हालसम्म काउलेको ती गाउँहरुमा राहत नपुगेकाले प्रभावित क्षेत्रमै पुगी राहत वितरण गरिएको फाउण्डेशनले जनाएको छ । जोगीमाराबाट १८ किलोमिटर उकालो चढेपछि ती प्रभावित क्षेत्रमा पुग्न सकिन्छ ।

साउदी अरेवियाको एएलइ हेभी लिफ्ट कम्पनीमा कार्यरत विष्णुबहादुर बि.क.लगायत कामदारहरुले संकलन गरेको रकमबाट म्याग्दी गुर्जाका दिलबहादुर छन्त्यालले काउलेका ८२ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया