केही भ्रमहरू चिर्न आवश्यक छ

anuradhaअफिसबाट आज म दुई घन्टा पहिला नै हिडेँ । भूकम्पसम्बन्धी कार्यक्रम हो भन्ने थाह पाउनासाथ केही रकम संकलन भइहाल्ला कि भन्ने मेरा हाकिम र दुवैले ठान्यौँ । पेरिसमा आयोजना भएको कार्यक्रममा जाँदा थाह भयो नेपाली भाषा सिकिरहेका तथा विद्वान् फ्रान्सेलीहरू मिलाएर एउटा छलफल राखिएको रहेछ । त्यहाँ धेरै कुरा भए । त्यसमा नेपालमा विभिन्न गैरसरकारी संस्थालाई पैसा दिने फ्रान्सको एक प्रसिद्ध मानवीय संस्था, एक जना फ्रान्सेली सरकारी इन्जिनियर, स्वयम्भू स्तुपानजिकैको स्कुलमा ३० वटा बच्चाहरू पढाइरहेको संस्थाका प्रतिनिधि नेपालको मनास्लु हिमाल आरोहणमा जाँदा भुइँचालोले बाटोबाट फर्केका फ्रान्सेली गाइड एक जना फ्रान्सेली पत्रकारसहित फ्रान्सेलीको उक्त समूहमा बाहिरबाट तीन जना नेपाली आमन्त्रित थियौँ । कार्यक्रममा अरू थुप्रै फ्रान्सेली पनि थिए । यिनीले बोलेपछि हामी तीनमध्ये दुईले नेपालमा सरकारले व्यहोरिरहेको दुःखबारे भन्न भुलेनौँ । हामीलाई त्यो कुरा गर्न अटोमेटिक नै आयो ।
मैले नेपाल सरकारको कोषमा पैसा जम्मा हुन नसकेको जसले गर्दा अत्यावश्यक सामानहरू पु¥याउन नसकिएको कुरा गरेँ । अर्का दाजु हेमन्तले त कति पैसा छ नेपाल सरकारको कोषमा भन्ने कुरा कन्ठै पारेर जानुभएको रहेछ । सरकारलाई पैसा नआएको कुरा गर्दा उनीहरूले कहाँ गयो त यत्रो पैसा भनेर सोधे । हामीले सबैले प्रतिबद्धता जनाएको तर पैसा भने नपठाएको र संकलित रकम ठूला गैरसरकारी संस्थाहरूका हातमा पुगेको बतायौँ । अनि, उनीहरूले नेपाल सरकारले गैरसरकारी सस्थाको पैसा इमार्क गरेर किन लियो भनेर पनि प्रश्न गरे । हामीले उहाँहरूलाई यो कुरा तपाईंहरूका संस्था र साथीका हकमा होइन भन्यौँ र बाहिर मिडियामा आउँदा यो गलत तरिकाले प्रचार भएर आयो भन्यौँ र थप व्याख्या पनि गर्‍यौँ किन यो आएको थियो सरकारका तर्फबाट भनेर ।
कतिपयले भारतीय सेनाले नेपाल छाड्न नचाहेको र नेपाल भित्रेका हरेक मुलुकका आआफ्ना राजनीतिक स्वार्थहरू रहेको कुरामा पनि जिज्ञासा राखेँ । नेपालका २६ वटा गैरसरकारी संस्थाहरूलाई फन्ड दिइरहेको संस्थाकी प्रतिनिधिले गोरखामा मात्रै १३ हजार टेन्ट चािहएको तर पुर्‍याउन नसकेको कुरा भनिन् । उनले पुनः निर्माणका क्रममा स्कुलहरूलाई मद्धत गर्ने प्रतिबद्धता जनाएकी छिन् । अनि, इन्जिनियरले चाहिँ अब छिट्टै नेपाल जाने र नेपालका सहरी विकास योजना र त्रिविविका इन्जिनयरहरूसँग मिलेर भत्केका गाउँ र सहरका लागि कस्ता खालका घरहरू निर्माण गर्न उपयुक्त हुन्छ र त्यसका लागि कसरी फन्ड जम्मा गर्ने भन्ने विषयमा अध्ययन छिट्टै गरिने बताए । हामीले नेपाली इन्जिनयरले काम सुरु गरिसकेको र भत्केका घरहरूकै चिजविज प्रयोग गरी भूकम्प निरोधक घरहरू बनाउन सकिने सम्भाव्यता अध्ययन गरिरहेको अनि इन्जिनयरहरूले सस्तोमा भरपर्दो घर कसरी बनाउन सकिन्छ भनेर खोज गरिरहेको जानकारी दियौँ । अनि, हामीले सायद अब नेपाल सरकारले काठमाडौं उपत्यकामा जस्तो पायो त्यस्तो भवन निर्माण गर्दा दिँदैन होला पनि भन्यौँ । तर, उनले अहिले नेपालमा वितरित टेन्टहरूले बढीमा ६ महिना राम्रोसँग थेग्न सक्ने तर त्यसपछि फेरि त्रिपालको संकट आइपर्ने समस्या उजागर गरेँ । ६ महिनामा घर बनाउन सकिन्न तर ६ महिनामा दिइने टेन्ट ३ वर्षसम्म टिक्ने खालको दिन पाए हुन्थ्यो भन्दा नरमाइलो लाग्यो हामीलाई ।
फ्रान्सेली पत्रकारलाई हामीले नेपाल पुगेका फ्रान्सेली पत्रकारले गहिराइमा पुगेर समाचार दिन नसकेको र कतिपय कुरा गलत रूपले बाहिर आएको बताइदिँदा उनी छक्क परिन् । हेमन्त दाजु र मैले त उदाहरण पनि दियौँ । उनले नेपाली कसरी मिलेर एकअर्कालाई सघाउँछन् भन्ने एंगलबाट कुनै पनि समाचार प्रेसित नहुँदा उनी आफँै पनि दुःखी भएको बताइन् । नेपालीको सबैभन्दा राम्रो र ठूलो गुण भनेको तिनीहरू पर्दा एकअर्कालाई निःशुल्क सहयोग गर्छन् यो कुरा आएन भने उनीहरू आफँैले । आज केही न केही भए पनि हामीले नेपाल सरकारबार भएको गलत प्रचारप्रसारको भ्रम चि¥यौँ । अब आउने बिहीबार पनि यस्तै खालको विशेष कार्यक्रम छ र मिलेमा म त्यहाँ पनि जानेछु र सकेसम्म आजझैँ त्यहाँ उपस्थित हुने नेपाली साथीसँग मिलेर बाहिर फैलेका भ्रमहरू चिर्ने पक्षमा छौँ ।

प्रतिक्रिया