नेपालमा हालै गएको महाभूकम्पको विनाश हामी नेपालीको मात्र नभएर विश्वका सबै मानिसका लागि समान पीडा र चासोको विषय बनेको छ । यस्तो अवस्थमा यसबाट मुक्ति र राहतका लागि हामी कसैले एक वा दुई जनाले वा नेपालीले मात्र वा नेपाल सरकारले मात्र केही गर्नसक्ने सम्भावना छैन । यसमा हामी सबैको समान चासो र सहभागिता आवश्यक त छ नै नेपालीमा आइपरेको यो विपत्तिमा साह«ा विश्वले नै साहनुभूतिसहित सहयोगको हात बढाइरहेको पनि छ । तर, यस प्रकारका सबै सहयोगी र सहयोगबीच केही एकीकृत समन्वय हुनु अनिवार्यजस्तै देखिएको छ । राहतका लागि साधन र स्रोत संकलन पहिलो प्राथमिकता त हुँदै हो, यसरी नै उपलब्ध राहत साधन र स्रोतको वितरणका लागि पनि प्राथमिक वा आवश्यक पक्ष क्षेत्र (भूगोल) को पहिचान र निर्धारण हुनु पनि जरुरी भएको घटना क्रमले देखिएको छ ।
नेपालमा पुगेको राहत सामग्री विमानस्थलमा नै थन्किएका खबर पनि आइरहेका छन् । तुलनात्मक रूपमा सकेसम्म राहत बोकेर पीडितसम्म पुग्ने स्वयंसेवी प्रयास प्रशंसनीय कार्य होला तर राहतका लागि जान नचाहने वा जान नसक्ने स्वयंसेवीका लागि पनि त यो अवस्थामा केही जिम्मेवारी दिन सकिन्छ । उदाहरणका लागि समाचारमा आएको छ, ऐतिहासिक वा पुरातात्विक महत्वका राष्ट्रिय सम्पदाको सुरक्षा सेना वा प्रहरीले मात्र गर्न नसकेका कारण तिनको चोरी वा नष्ट हुन थालेका छन् । यस्ता सम्पदाको संरक्षणका लागि पनि त स्वयंसेवी परिचालन गर्न सकिन्छ । के यो काम गर्नु राष्ट्रिय महत्वभित्र पर्दैन ? के यो काम स्वयंसेवकका लागि गर्वको विषय बन्दैन ?
सरकारले राम्रो काम गर्न नसकेको वा सरकारको उपस्थिति वा भूमिका न्यून देखिएका गुनासा र आक्रोश पनि सार्वजनिक भइरहेका छन् । यस्तो अकल्पनीय विपत्तिका बेला राज्य र सरकार वा जुनसुकै अन्य संघ–संस्था वा व्यक्तिमा तत्काल के गर्ने भनेर निक्र्याैल गर्न अन्याल हुने वा निर्णय क्षमता कमजोर हुने सम्भावना त हुन्छ नै । तसर्थ, यस्तो बेला सामूहिक प्रयास र निर्णय आवश्यक हुन्छ । राज्य आफँै संचालित कुनै आधुनिक मेसिन पनि होइन । राज्यलाई तपाईं–हामीले नै एकअर्काको सहयोगमा संचालन गर्ने हो । कुनै सन्दर्भमा अलिक नकारात्मक टिप्पणी गर्दा कसैले (सम्भवतः गृहमन्त्री वामदेव गौतम) राज्यको गोजी कहाँ हुन्छ र सहयोग दिन सक्छ भन्नुभएको पनि छ । हो, राज्यको गोजी मात्र नहुने होइन । यसको आँखा, कान, नाक, मुख केही पनि हुँदैनन् । यसले र राज्यले जनताको वा जनताको प्रतिनिधिका आँखा कान नाक मुखमार्फत जीवन्त काम गर्ने हो । यसको पोसाक भनेको वा गोजी भनेको पनि जनता वा जनताका प्रतिनिधि नै हौँ । यस्तो अवस्थमा संयम, विवेक वा धैर्यले हामी वा जनताका प्रतिनिधिले जति राम्रो काम सक्छौँ, त्यति राम्रो काम हतारमा एक्लैले गर्न सक्दैनौँ ।
यस्ता आकस्मिक घटनामा हतार नै सही तर जीवन रक्षाको सबालबाहेकका अन्य राहतमा हामीले धेरैभन्दा धेरैको सहभागिताका लागि प्रयास गरेर घाटा हुन्न । हो, धेरैको मापदण्ड नहोला तर एकको सट्टा दुई वा तीन, चार मिलेर सल्लाह वा काम गर्न सकिन्छ । तसर्थ, यसबेला राज्य अर्थात् राज्ले पनि अलिक बढी नै उदारता देखाउन सक्नुपर्छ । नागरिकलाई अनौपचारिक कामका क्षेत्रमा काम गर्न आह्वान गर्न र जिम्मेवारि दिन सक्नुपर्छ । नागरिकले पनि हामी यो वा त्यो काम गर्न सक्छौँ भन्न सकिन्छ ।
तर्कका लागि खगेन्द्र संग्रौला वा युग पाठकले बालुवाटारका अधिपतिलाई ब्युँझाउन गर्नुभएको प्रयासलाई हामीले धिक्कार नै भन्नु पनि हुन्नथ्यो । तर, केही दिनका लागि कापी कलम थन्काएर बालुवाटारका अधिपतिलाई ब्युँझाउन गएको त्यही सचेत टोलीले वसन्तपुर वा धरहरा आसपासमा आलो÷पालो पहरा दिएर ती सम्पदा चोरिन वा नष्ट हुन नदिन प्रयास गरेको भए लेखकको जात बगरेमा झरेको घोषणा बालुवाटारका अधिपतिले गर्ने थिए र ? राज्य कहाँ छ भनेर खोज्ने वा सोध्ने हो भने दुई दिन पहिले त्यही बालुवाटारबाट बाहिरिएर अहिले हिसिलाको माइती घरतिर टहलिएका बाबुराम वा प्रचण्हरूलाई नै सोधे पनि हुन्छ नि ? राज्य कहाँ छोडेर हिजो उनीहरू बालुवाटारबाट बाहिरिएका थिए ? लोतेमा गनिएका सुशील वा लुतेमा दरिएका केपी ओलीहरूको आङ कन्याएरचाहिँ हामीले खै के पो बहादुरी गर्यौँ र हँ ? यसरी कतै हामी अस्तित्व बचाउने र अस्विकार गर्ने प्रवृत्तिलाई त मलजल गरिरहेका छैनौँ ?
एउटा अर्को सन्दर्भ
हामी सबैले आआफ्ना तर्फबाट सकेको र जानेको राहत साहयोग तत्काल उपलब्ध गारउनु हाम्रो पहिलो कर्तव्य पनि हो । तर, त्यस्तो सहयोग राहतका लागि प्राथमिक क्षेत्र वा आवश्यकता निर्धारण हुन नसक्दा पनि झनै जटिलता वा पीडा हुन्छ । कहाँ र कसका लागि के सहयोग चाहिएको छ ? यो कसलाई थाह छ ? यसबारे कसले बुझेको छ ? यो राहतका लागि आधारभूत सर्त हो । यस्तो अवस्थमा म शिक्षित वा दीक्षित छु वा म पनि के सही वा के गलत विवेकले निर्णय गर्न सक्छु भनेर हामीले दम्भ नलिए पनि जस वा अपजस आफँैले बेहोर्ने प्रयास गर्नु राम्रो वा बुद्धिमानी होइन । यस्ता गतिविधिको परिणामको जस वा अपजस हाम्रो व्यक्तिगत नाफा वा घाटाका लागि हुनुहुन्न ।
जुनसुकै काममा पनि सबैको एकै किसिमको भूमिका वा सबैको एकैपटकको भूमिकाको अपेक्षा गर्नु पनि हुन्न । सबैको एकैप्रकारको वा सबैको एकैपटकको भूमिका आवश्यक पनि हुन्न । अहिलेको भूकम्पको विनाशको राहत वा पुनर्थापनाका लागि पनि समयअनुसारको आवश्यक्ता र भूमिकाहरू फरकफरक हुन्छन् नै ।
राहत सहयोगका लागि हामी अमेरिकामा बस्ने हामी कसैमा पनि एकीकृत समन्वय वा सहकार्य भएको छैन । तर, १–२ दिनपछि नै सही केही यस्तो केही एकीकृत व्यवस्था भए जाति हुने थियो । मेरो सुझाव अमेरिकामा रहनु हुने कसैले केही सहयोग गर्न चाहेमा (विशेष गरेर आर्थिक सहयोगका लागि) प्रधानमन्त्री राहत कोष सायद दैवीप्रकोप उद्धार, राहत, कोष हो यो, यसैमा पठाउनु राम्रो हो । यो कोष नै स्थायी र केन्द्रीय दैवीप्रकोप उद्धार, राहत कोष हो । यसका लागि न्युयोर्कमा रहेको नेपाली नियोगले बैंक खाता खोलेको छ । यता वासिंगटन डिसीस्थित नेपाली दूतावासले पनि यो प्रयास गरिरहेको छ रे । राज्यप्रति हाम्रो विश्वास नहुँदो हो त हामी सबै सामाजिक संस्था वा व्यक्तिहरू मिलेर कुनै एकलाई केन्द्र बनाएर काम गर्न सक्ने विश्वासको वातावारणचाहिँ खै त ? किन हामी आआफ्ना झोला बोकेर हिंडेका ? सके सबैको एउटै झोला थापौँ । एउटै झोला थाप्न नसके आआफ्ना झोला मिलाएर एउटा झोला बनाउँ । यति गर्न त सकिएला नि ?
रह्यो अन्य भौतिक सामग्री सहयोग, यो सजिलो र व्यावहारिक पनि छैन । यता अमेरिकी सरकारका प्रतिनिधि र उता नेपाल सरकारका प्रतिनिधिले पनि भौतिक सामग्रीलाई सकेसम्म न्यून गर्न सुझाव दिएको खबर छ । हामीले २/४ हजार डलर गोजीमा च्यापेर वा १÷२ सुटकेस लता कपडा बोकेर नेपाल जाने हतार गर्नुभन्दा आपसमा एकीकृत समन्वय र सहकार्य गर्दा राहत संकलन र वितरण प्रभावकारी हुनेछ । हाम्रो साधन, स्रोत र समयको बचत तथा सदुपयोग पनि हुनेछ ।
अर्को उस्तै सन्दर्भ
अहिले अमेरिकमा रहेका नेपालीका मात्र यस्ता दर्जनौँ प्रयास भएका छन् । छरिएर र असंगठित अवस्थमा रहेका समुदायाका लागि यस्ता धेरै प्रयासले धेरैलाई समेट्ने हुँदा यो राम्रो प्रयास हो । तर, यी सबै प्रयासमा पनि आपसी समन्वय देखिएको छैन । केही अनलाइनमार्फत भइरहेका आर्थिक संकलनमा ती सुविधा प्रदायक केहीले सित्तैमा सहयोग जम्मा गरिदिने भए पनि तिनै कतिपयले लिने सेवाशुल्क पनि सहयोग दाताबाट नै काटिनेछ । यदि, दाताको सहयोग पीडितसम्म सबै नै पु¥याउने हो भने यसप्रकारको सहयोग संकलनमा पनि पुनर्विचार गर्नु आवश्यक छ । सामूहिक वा आधिकारिक संस्था हुनुपर्छ ।
अन्त्यमा
समाजको सुन्दरता भनेको नै हाम्रो विविधता हो । विविध जात, वर्ण, संस्कृति, भाषा, भेष, धर्म, परम्परा, रीतिस्थिति आदिका अतिरिक्त विचारको विविधता पनि मानव समाजको सुन्दरता हो । यदि, मानव समाजमा यतिका धेरै विविधता नहुँदो हो त हामीले यत्तिका धेरै कुरा सिक्ने देख्ने वा जान्न सक्ने पनि थिएनौँ । हाम्रो विविधता अर्कोलाई निषेध नै गर्ने वा अस्वीकार गर्नु हुनुहुन्न । सबैको अस्तित्व स्वीकार गर्ने र सम्मानजनक पनि हुनुपर्छ ।
यो विपत्तिमा पनि हामीले कुन जात, वर्ण, संस्कृति, भाषा, भेष, धर्म, परम्परा, रीतिस्थिति वा कुन भूगोल वा देशको ठानेका छैनौँ । तसर्थ, यस्तो बेला हामी सबैको संयतापूर्वक एकीकृत समन्वय र सहकार्य हुनसके हामीले सकारात्मक र दीर्घकालीन परिणाम प्राप्त गर्न सक्नेछौँ । माथि पनि उल्लेख छ, सबैले गर्ने काम एकै हुन सक्दैन । हामी देशबाहिर बसेकाहरूले राष्ट्रिय पीडामा प्रकट गरेको यो समवेदना साहनुभूति हो । हामी प्रत्यक्ष रूपमा उपस्थित हुन नसक्दा पनि हाम्रा भावना र विचारहरू मातृभूमिसँगै गाँसिएका कारण हामीबाट प्रकट भएको स्वःस्फूर्त विचार पनि हो यो । यसलाई उपयोगिता वा आवश्यकताअनुसार बुझ्न र ग्रहण गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया