जापानमा रेशम फिलिलिको च्यारिटी

Resham-Fililiकाठमाडौं । नेपालका भूकम्पपीडितको सहयोगार्थ जापानमा फिल्म ‘रेशम फिलिलि’को च्यारिटी सो गरिएको छ । नेपाल–जापान युथ क्लब र सहयात्री जापानको संयुक्त आयोजनामा भएको सोमा नेपाली–जापानी दर्शकको उपस्थित थिए ।
जापानमा रहेका पत्रकार सचिन आचार्यका अनुसार भाषा नबुझे पनि जापानी दर्शकले चाख मानेर फिल्म हेरेका थिए । ‘विशेषतः उनीहरूले फिल्ममा रहेको प्राकृतिक दृश्यबाट मनोरञ्जन लिएका थिए । ‘यहाँका जापानी नेपालमा गएको महाविपत्तिबाट अत्यन्त दुःखी छन्,’ उनले भने,‘ त्यसकारण पनि उनीहरू नेपालका लागि सहयोग जुटाउन लागिपरेका छन् ।’ सचिनले फिल्मबाहेक अन्य काम गरेर भए पनि पीडितका लागि राहत जुटाउने अभियान भइरहेको बताए ।
(सौस)

प्रतिक्रिया