राहतका नाममा देखिन थाल्यो विकृति

Rahat

राहत सामाग्री बिक्री गर्ने तीन जना पक्राउ

लक्ष्मी राईस मिल नौतनहवा जिल्ला नहराजगंज उत्तरप्रदेश भारत लेखिएको व्यानर राखेको ना. ३ ख ३९९० नम्बरको ट्रकमा ल्याएको कनिका चामल प्रतिबोरा ७ सयका दरले बिक्री वितरण गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीले ४ सय ४० बोरा चामल, ट्रक र नगद १ लाख १६ हजार रुपियाँसमेत बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उता, कांग्रेस निकट नेपाल विद्यार्थी संघले राहत सामाग्री संकलन गरेर आफ्ना कार्यकर्ताले विक्री गरेको भन्ने समाचारहरूको खण्डन गरेको छ ।

प्रतिक्रिया