बाबा रामदेवले ल्याए ‘छोरो जन्माउने औषधि’

Baba Ramdev Putra Jiva Bizनयाँदिल्ली, १९ वैशाख । विश्वप्रसिद्ध भारतीय योग गुरू बाबा रामदेवले छोरा जन्माउने औषधि बजारमा ल्याएपछि विवादमा परेका छन् ।

‘पुत्र जीवक बीज’ नामक आयुर्वेद औषधि बजारमा ल्याएपछि भारतीय राज्यसभामा रामवेदको खुलेर आलोचना भएको छ । राज्यसभामा रामदेवको ‘पुत्रजीवक बीच’लाई पनि देखाइएको थियो ।

यद्यपि, बाबा रामदेवले भने औषधिको नामलाई लिएर अनावश्यक विवाद गरिएको दावी गरेका छन् ।

‘औषधिले सन्तान जन्माउने विषयमा कुनैसम्बन्ध राख्दैन’, रामदेवले शुक्रबार पत्रकारहरूसँग भनेका छन्, ‘औषधिको नाम परिवर्तनका विषयमा मैले प्रशासनिक कार्य सुरू गरिसकेको छु ।’

राज्यसभा बैठकमा जेडीयूका सांसद केसी त्यागीले बाबा रामदेवले ‘छोरो जन्माउने औषधि’ बिक्री गरीरहेको आरोप लगाएका थिए ।

त्यागीले रामदेवको ‘पुत्रजीवक बीज’ बजारमा ल्याएको भन्दै बिरोध जनाएपछि सरकारले छानविनसमेत सुरू गरेको छ ।

त्यागीले राज्यसभाको बैठकमा औषधिको प्याकेट देखाउँदै भनेका छन्, ‘बाबा रामदेवले छोरो जन्माउने औषधि बेच्दै आएका छन् । संविधान विपरितको कार्य गर्नेलाई सख्त कारबाही होस् ।’

राज्यसभा सदस्य जया बच्चन र जावेद अख्तरले पनि त्यागीलाई साथ दिँदै बाबा रामदेवको आलोचना गरे ।

बैठकमा हंगामा मच्चिएपछि सरकारका तर्फबाट स्वास्थ्यमन्त्री जेपी नड्डाले ‘छोरा जन्माउने औषधि’का विषयमा जाँच गरेर उचित कारबाही गर्ने प्रतिवद्धता जनाए ।

स्वास्थ्यमन्त्री नड्डाले भनेका छन्, ‘छोरो जन्माउने औषधिको विषयमा आयुष मन्त्रालयले हेर्छ । यो विषयलाई जाँच गरिनेछ । यो गम्भीर विषय भएकाले दोषी पाइए बाबा रामदेवलाई कारबाही हुन्छ ।’

राज्यसभामा बाबा रामदेवको छोरो जन्माउने औषधिमा प्रश्न उठेपछि सरकारले उनको ‘दीव्य फार्मेसी’मा छापामारेर अनुसन्धान सुरू गरीसकेको छ ।

बाबा रामदेवले पताञ्जलि योग पीठमार्फत आफ्ना औषधिहरू भारतका साथै नेपालसहितका विभिन्न मुलुकहरूमा बिक्री गर्दै आएका छन् ।

 

रामदेवले पनि कम्पनीमा सरकारी अधिकारीले आफ्नो कारबाही सुरू गरेको शुक्रबार पत्रकारहरूलाई जानकारी दिएका छन् ।

बाबा रामदेवले भनेका छन्, ‘पुत्र जीवक औषधिको नाम संस्कृत भाषाबाट छानिएको हो ।

संस्कृतमा छोरा र छोरी दुबैलाई पुत्र भन्ने गरिएकाले मैले पनि ‘पुत्र’ शब्द राखेर औषधि उत्पादन गरेको हुँ । औषधिले सन्तान प्राप्तिमा कुनैसम्बन्ध राख्दैन ।’  तर बाबा रामदेवको ‘पुत्रजीवक बीज’मा भने सन्तान प्राप्तीको विषय लेखिएको छ ।

राज्यसभा बैठकमा रामदेवको छोरो जन्माउन प्रयोग हुने औषधि बजारबाट फिर्ता गर्न माग गरिएको छ ।

बाबा रामदेवले पताञ्जलि योग पीठमार्फत आफ्ना औषधिहरू भारतका साथै नेपालसहितका विभिन्न मुलुकहरूमा बिक्री गर्दै आएका छन् ।

पताञ्जलिका उत्पादनहरू नेपाली बजारमा बाक्लै पाइन्छन् ।

प्रतिक्रिया