उडान क्रममा आगलागी भएपछि चालक नै भागे

Jakarta-Bimanstal-Chalak-Bhजकार्ता, ४ वैशाख । इन्डोनेसियाको जकार्ता विमानस्थलमा एक विमान उडान भर्ने क्रममा आगो लागेपछि विमान चालक अकस्मात चालकको कक्षबाट भागेका छन् । यसरी हामफालेर भाग्न खोज्ने विमानचालक सामान्य घाइते भएका र उनको उपचार जारिरहेको छ । बिहीबार बिहान सो दुर्घटना भएको बताइएको छ । विमानस्थलबाट विमान उड्नैलाग्दा विमानमा आगो लागेको देखिएपछि विमान चालक सुरक्षाका लागि भाग्न खोजेको बताइएको छ । इन्डोनेसियाली सेनाको लडाकु विमानमा सो खराबी देखिएको थियो ।
सैनिक प्रवक्ता अगुस सुप्रियन्ताले विमानको इन्जिनमा खराबीका कारण धुवाँको मुस्लो निस्किएको र एकैछिनमा आगो लागेको जानकारी दिए । इन्डोनेसियाली सेनाको एफ १६ नामक सो विमानमा के कति कारणले समस्या देखा प¥यो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको पनि सैनिक प्रवक्ताले जानकारी दिएका छन् । विमानमा रहेका सैनिक सबै सकुशल रहेका छन् । विमान संयुक्त राज्य अमेरिकाले केही समयअघि मात्र इन्डोनेसियालाई सहयोगस्वरूप दिएको थियो ।

प्रतिक्रिया