महामारीबाट थप ३ को मृत्यु, मृतकको संख्या २१ पुग्यो
दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
काठमाडौं, ४ वैशाख । सामान्य रुघाखोकीका रूपमा फैलिएको रोगले जाजरकोटमा १८ नागरिकको ज्यान लिइसक्दा पनि राज्यका तर्फबाट आवश्यक कदम चालिएको छैन ।
रोगले महामारीको रूप लिए पनि सरकारी तहबाट उदासीनता देखाएको मात्र होइन, औषधि व्यवस्था र उपचारमा ढिलासुस्तीले ठूलो मानवीय क्षति भएको हो ।
जाजरकोटका विभिन्न गाविसमा दुई हप्ता यता फैलिएको रोगलाई सुरुमा नै उचित रोकथामको प्रयास नगर्दा महामारीको रूप लिएको हो । रोगले बिहीबार थप एकको निधन भएपछि मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार राति नायकवाडा–४ का ५५ वर्षीय शरण चलाउनेको मृत्यु भएको हो ।
महामारीबाट जाजरकोटमा ३ हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् । बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी रामकृष्णा गिरीसमेत बिरामी परेपछि उनलाई भने थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गाविसमा एकै घरमा तीन–चारभन्दा बढी बिरामी परेको नेकपा–माओवादीका एरिया इन्चार्ज दलबहादुर सिंहले जानकारी दिए । कतिपय घरमा परिवार नै बिरामी परेर थला परेपछि उपचार गर्न लैजाने व्यक्तिसमेत अभाव भएको छ ।
यसअघि १२ बिरामीबाट लिइएको नमुना परीक्षणमा तीन जनामा स्वाइन फ्लु देखा परेको थियो ।
महामारी प्रभावित क्षेत्रका स्थानीयले गाउँका सबै बिरामी हुँदासमेत सरकारले ख्याल नगरेको भन्दै आक्रोश पोखेका छन् । ‘सुरुमा एक गाविसबाट फैलिएको रोग ६ गाविसमा पुगिसक्यो,’ नायकवाडाका स्थानीयले सौर्यसँग टेलिफोनमा भने, ‘सरकारले वास्ता गरेको छैन, चासो दिएको भए यो रोगले महामारीको रूप लिने नै थिएन ।’
सरकारले पहिले नै चासो दिएको भए एकै गाविसमै रोगलाई नियन्त्रण गर्न सकिने भन्दै सरकारी बेवास्ताका कारण रोगले महामारीको रूप लिएको उनको भनाइ छ । सुरुआती दिनमा बिरामीलाई सामान्य रोग लागेको भन्दै सिटामोल दिएर फर्काउने गरिएको थियो ।
महामारी क्षेत्रका प्रभावित स्थानीयले रोगले महामारीको रूप लिइसकेपछि पनि आवश्यक स्वास्थ्यकर्मी नै परिचालन नगरिएको, कार्यालय सहायकको भरमा उपचारार्थ भर पर्नुपरेको, पर्याप्त औषधि उपचार नपाएको गुनासो गरेका छन् ।
जिल्लाको टालेगाउँ, अर्छानी, पैक, रामिडाँडा, नायकवाडा र सक्ला गाविसमा रोग देखा परेको छ ।
महामारी प्रभावित क्षेत्र पुगेर फर्किएका स्थानीय पत्रकार हेमन्त केसीले प्रभावित क्षेत्रमा औषधि नै नपुगेको, उपचार गर्न अस्पतालसम्म पु¥याउन मुस्किल रहेको बताए ।
‘सरकारले उचित कदम चालेको पाइएन,’ सौर्यसँग उनले भने, ‘तत्काल हेलिकप्टरबाट औषधि पु-याउन सकिन्थ्यो तर त्यस्तो केही भएको छैन ।’ केही दिनअघि एकपटक हेलिकप्टरबाट औषधि त्यहाँ पु-याइए पनि औषधि पनि सकिएको र अहिले खच्चर तथा घोडाबाट औषधि पु-याउने काम भइरहेको उनले बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोगको अध्ययन भइरहेको जनाएको छ । यसअघि १२ बिरामीबाट लिइएको नमुना परीक्षणमा तीन जनामा स्वाइन फ्लु देखा परेको थियो ।
चिकित्सकले फ्लुलाई सिजनल स्वाइन फ्लु हुन सक्ने बताएका छन् । जिल्लाको टालेगाउँ, अर्छानी, पैक, रामिडाँडा, नायकवाडा र सक्ला गाविसमा रोग देखा परेको छ ।
चौतर्फी आलोचना
जाजरकोटमा फैलिएको महामारी दुई साता बितिसक्दा पनि उचित कदम नचालेको भन्दै चौतर्फी आलोचना भएको छ ।
प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले सरकारले आवश्यक कदम नचालेको भन्दै आलोचना गरेको छ ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले विज्ञप्ति जारी गर्दै सम्पूर्ण जिल्ला नै महामारीको सिकार भइसक्दा पनि राज्यका तर्फबाट भएको हेलचेक्र्याइँका कारण १८ सर्वसाधारणको मृत्यु भएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यजस्तो जनताको अति संवेदनशील विषयमा वर्तमान सरकारले देखाएको रवैयाप्रति हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना प्रकट गर्छ ।’
नेकपा–माओवादीले घटनामा सरकार मूकदर्शक बनेको आरोप लगाएको छ । भेरी कर्णाली राज्य संगठन समिति इन्चार्ज मायाप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै महामारी प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषण गरी सम्पूर्ण बिरामीको उचित उपचार गर्न र मृतकका परिवारलाई राहत दिन माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आफू सामान्य बिरामी हुँदा राज्यकोषबाट करोडौँ खर्च गर्ने काठमाडौं केन्द्रित राज्यपक्ष दुर्गम जिल्लामा महामारीको रूपमा फैलिएको रोगका कारण यतिका मान्छेको मृत्यु हँदासम्म सामान्य औपचारिकता निभाउनुबाहेक कुनै काम नगरी मूकदर्शक भएर बसेको छ ।’
जिल्लाका २ सय ७६ प्रावि, निमावि ९२ र ६४ मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि महामारीप्रति चासो देखाएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै तदारुकता र जिम्मेवारीबोधका साथ रोगको नियन्त्रण, रोगबाट प्रभावित बिरामी जनताको यथासक्य उपचारको व्यवस्था र मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसुबक तथा ट्विटरमा पनि सरकारले उपचार तथा रोग नियन्त्रणमा ढिलासुस्ती गरेको भन्दै विरोध भइरहेको छ ।
विद्यालय बन्द
जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुले महामारीको रूप लिएसँगै बिरामी दैनिक बढेपछि त्यहाँका सबै विद्यालय बिहीबारदेखि बन्द गरिएका छन् ।
जिल्लाका २ सय ७६ प्रावि, निमावि ९२ र ६४ मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको निर्णयअनुसार १५ दिनका लागि विद्यालय बन्द गरिएको हो ।
प्रतिक्रिया