दैलेख, ३ वैशाख । ढुङ्गा खानीमा ढुङ्गा निकालिरहेका दैलेखका दुई जना कामदारको आज ढुङ्गासँगै लड्दा ज्यान गएको छ ।
खानीबाट ढुङ्गासँगै चिप्लिएर लड्दा अन्दाजी तीन मिटर तल च्यापिएर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पगनाथ–६ का ३८ वर्षीय प्रेमबहादुर थापा र सोही गाविसका वडा नं ४ का ६० वर्षीय वीरसिंह हुन् ।
पगनाथ गाविसको राँधी जङ्गलमा ढुङ्गा निकालिरहेका उनीहरूको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
घटनास्थलतर्फ बेस्तडा प्रहरी चौकीबाट एक टोली गएको छ ।
प्रतिक्रिया