धनगढी, ३ वैशाख । कैलालीको अत्तरिया नगरपालिका वडा नम्बर १३ स्थित मनहरा खोलामा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
खोलामा डुबेर अत्तरिया–१३ का गोरख गिरीका १२ वर्षीया छोरी करिश्माका साथै धनगढी–१०, शिवनगरका रमेश नाथका छोरीहरु १२ वर्षीया अस्मिता र आठ वर्षीया अनिशाको मृत्यु भएको हो । तीनै बालिकाको शव खोलाबाट निकालिसकिएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गर्मी भयो भन्दै उनीहरु नुहाउन मनहरा खोलामा गएका थिए ।
प्रतिक्रिया