फेसन शोमा रमाए सुन्दरी

Fashion-(7)काठमाडौं । नयाँ वर्षलाई आममानिसले आफ्नै किसिमले स्वागत गरिरहँदा राजधानीको पाँचतारे होटल होटल र्‍याडिसनमा चाहिँ केही सुन्दरीहरू नयाँ पहिरनमा र्‍यापमा उत्रिँदै स्वागत गरिरहेका थिए । आकर्षक जीउडाल र सुन्दर रूपका धनी युवतीहरू नयाँ रंगीचंगी पहिरनमा झनै सुन्दर
देखिएका थिए ।
२०७१ लाई बिदाइ गरेर २०७२ लाई स्वागत गर्न एबीसी टेलिभिजनले सिग्मण्ड रोयलस्ट्यागसँग सहकार्य गर्दै आयोजना गरेको ‘रिदम नाइटमा सुन्दरीहरू पाँच सिक्वेलमा र्‍याम्पमा उत्रिएका थिए । फेसन, संगीत र कमेडीको फ्युजनका रूपमा कार्यक्रम प्रस्तुत भए पनि प्रमुख आकर्षण चाहिँ फेसन नै थियो ।
डिजाइनर आस्तिक शेरचनले तयार पारेका आकर्षक पहिरनमा महिला र पुरुष गरी १३ जना मोडलले र्‍याप नापेका थिए । पुरुष मोडलहरूले आफ्नो जिमप्याक शरीर देखाउँदै कार्यक्रममा उपस्थित युवतीहरूको चिच्याहट प्रस्टै सुनिन्थ्यो । महिला मोडलहरू साडी, लेहेंगा, अनारकली, इभिनिङ गाउन र वन पिस ड्रेस पहिरन गरी पाँच सिक्वेन्समा देखिएका थिए । यी पहिरन कायरा बुटिकका रोजिना श्रेष्ठ र कोहिनुर बुटिकका समु तिमिल्सिनाले तयार पारेका थिए । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ सोज टपरका रूपमा र्‍यापमा देखिएपछि फेसन शोले बिट मारेको थियो । मोडलहरूलाई धीरज तण्डुकारले कोरियोग्राफी गरेका थिए ।
बेटर ग्योलक्सी इन्टरटेनमेन्ट र फेम नेपालको व्यवस्थापनमा भएको कार्यक्रमको शुभारम्भ सांगीतिक समूह थर्ड च्याप्टरले प्रारम्भ गरेको थियो । गायिकाद्वय शशी रावल र सुमन गुरुङले गीतमार्फत दर्शक र स्टेज तताएपछि सांगीतिक माहौललाई अतृप्त ब्याण्ड र गायक नविन के भट्टराईले विश्राम दिए । ग्रुप वन क्रियसन, रोमा न्यौपाने र सुमन सागर जङ केसीको युगल नृत्य पनि कम रोचक थिएन ।
संगीत र फेसनको माहौलबाट थाकेका दर्शकलाई हसाउन महादेव त्रिपाठी, टेलिशृंखला ‘भद्रगोल’ का कक्रोच र ‘बले’ को जोडी काफी बन्यो । साँझ ६ बजेदेखि सुरु भएर बिहान दुई बजेसम्म चलेको कार्यक्रममा डिज रे, डिजे नेवाः, डिजे चन्टेले डिजे शोसनमा रौनकता ल्याएका थिए ।

प्रतिक्रिया