काठमाडौं, २७ चैत । सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप प्रदर्शन गर्ने १६ जनालाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले सावर्जनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
उनीहरूलाई रत्नपार्क तथा लैनचौर क्षेत्रबाट बुधबार पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये दश महिला, दुई पुरुष र चार तेस्रो लिङ्गी रहेको बताइएको छ ।
प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलले साँझको समयमा सामाजिक मर्यादा र सर्वसाधारण नागरिकको प्रतिष्ठामा आँच पुग्ने किसिमका अश्लिल शब्द तथा यौनजन्य हर्कत प्रदर्शन गरेका कारण उनीहरूलाई पक्राउ गरिएको बताए ।
मौखिकरुपमा यस्ता क्रियाकलापविरुद्ध पटकपटक उजुरी आएको र सामाजिक सञ्जालमा समेत यसका बारेमा समाचार आउन थालेपछि आफूहरूले अनुसन्धान गरेको उनले बताए । अनुसन्धानका क्रममा उनीहरूलाई यौनजन्य अपिल गरिरहेको भेटिएको उनले बताए ।
प्रतिक्रिया