फिलिपिन्समा पुनः सामुद्रिक आँधीको त्रास

Samundriमनिला, २६ चैत । फिलिपिन्समा पुनः सामुद्रिक आँधीको त्रास बढेको समाचार छ । त्यहाँको उत्तरपूर्वी तटीय क्षेत्रमा सो त्रास बढ्दै गएको बताइएको छ ।

मेसाक नामक सामुद्रिक आँधी आउने सम्भावना भएकाले त्यहाँ बसोवास गरिरहेका नागरिकलाई अन्यत्रै सार्न थालिएको छ । त्यहाँबाट हजारौँ व्यक्तिलाई अन्यत्र सारिँदै गरिएको छ ।

यो आँधीको त्रास गएको आइतबारबाट सुरु भएको हो । तर आजसम्म त्यति ठूलो क्षति भने भएको छैन । मौसमविदहरुले खतरा देखेको सो क्षेत्रबाट नागरिक हटाउने काम जारी रहेको जानकारी अधिकारीहरूले दिएका छन् ।

अधिकारीहरुले औरोरा प्रान्तको तटीय क्षेत्रका करिब ४० हजार व्यक्तिलाई अन्यत्र लैजान खोजिएको बताएका छन् । तीमध्ये ३० हजारजतिलाई सारिसकिएको पनि उनीहरुको भनाइ छ ।

प्रशान्त महासागरमा सुरु भएको मेसाक आइतबार फिलिपिन्सको मुख्य द्वीप लुजानमा पुगेपछि यो अझै खतरनाक हुने अनुमान गरिएको छ ।

सन् २०१३ मा यस मुलुकमा आएको कडा सामुद्रिक आँधी हेयानका कारण सात हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यहाँ लाखौँ नागरिक बेघर बनेका थिए ।

फिलिपिन्स धेरै आँधी आउने देशमा पर्छ । यहाँप्रति वर्ष २० वटा सामुद्रिक आँधीले प्रभावित बनाउने गर्छ । तीमध्ये धेरै घातक हुने गर्छन् ।

प्रतिक्रिया