ला लिगामा बार्सिलोनाको नवौँ जित

barcilonaबार्सिलोना, २६ चैत । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले लगातार नवौँ जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाका लागि लिओनल मेस्सी र लुईस स्वरेजको उत्कृष्ट प्रदर्शन गरे । जसका कारण बार्सिलोनाले अल्मारियालाई ४–० गोलअन्तरले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३३औँ मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो ।

यसैगरी, खेलको ५५औं मिनेटमा ड्यानी अल्भेसको पासमा स्वरेजले र ७५औं मिनेटमा बार्टाले गोल गरे । त्यस्तै खेलको ९०औँ मिनेटमा गोल गर्दै स्वरेजले व्यक्तिगत दोस्रो गोल गरे ।

बार्सिलोनाको लिगमा दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ४ अंकको दूरी कायमै राखेको छ । बार्सिलोनाको ३० खेलबाट ७४ अंक छ भने समान खेल खेलेको रियलको ७० अंक छ ।

प्रतिक्रिया