१२ हजार महिलासँग यौनसम्पर्क गर्ने जापानी पक्राउ

couple_sex_shutterstock
टोकियो । फिलिपिन्समा बसोबास गर्दा पैसा तिरेर १२ हजार महिलासँग यौनसम्पर्क गर्ने एक विद्यालयका प्रमुखलाई ती महिलामध्ये एक १३ वर्षीया बालिका पनि भएको आरोपमा प्रहरीले जापानमा पक्राउ गरेको छ ।

युहेइ ताकासिमाले आफ्नो जीवनको २७ वर्षको अवधिमा शोषण गरेका घटनाका एक लाख ५० हजार फोटो करिब ४०० किताबमा राम्रोसँग सङ्कलन गरेर राखेका छन् । उनले यी कुराको सम्झना कायम राख्न आफूले फोटोको पुस्तक बनाएको जानकारी दिए भनी जिजी प्रेसले उल्लेख गरेको छ ।

हाल ६४ वर्षका ताकासिमाले सन् १९८८ मा आफूलाई मनिलास्थित एक जापानी विद्यालयमा पठाइएपछि पैसा तिरेर यौनसम्पर्क राख्न सुरु गरेको जानकारी प्रहरीलाई दिए भनी जिजीले उल्लेख गरेको छ ।

यसपछि यी माध्यामिक विद्यालयका प्रमुखले प्रत्येक वर्ष फिलिपिन्समा यस्तो तीनवटा यौनयात्रा गर्ने गर्थे र उनले यस्ता यात्रा ६५ पटक गरेको बताएका छन् ।

उनले यस अवधिमा १२ हजारभन्दा बढी महिलासँग यौनसम्पर्क गरेको र ती महिलाको उमेर १४ देखि ७० वर्षसम्म भएको जानकारी दिए भनी एनटीभीले उल्लेख गरेको छ ।

Sex Girlसमाचारमा यी शिक्षकको यौनयात्रा कतिसम्म लामो हुने गरेको र एक महिलासँग कतिपटक यौन सम्पर्क गरे भन्ने विषयमा जानकारी दिइएको छैन । उसले प्रत्येक दिन एक भन्दा बढी महिलासँग यौनसम्पर्क गरेको अनुमान गरिएको छ ।

ताकासिमाले आफूले यौनसम्पर्क गरेका करिब १० प्रतिशत महिला १८ वर्ष भन्दा कम उमेरको भएको जानकारी प्रहरीलाई दिए भनी जिजीले उल्लेख गरेको छ ।

ताकासिमाले मनिलामा गत वर्ष १३ वा १४ वर्षकी बालिकासँग यौनसम्पर्क गरेको भनी निजलाई पक्राउ गरिएको छ । प्रहरीले विदेशमा गरेका केही अपराधमा मुलुकभित्रै कारवाही गनसक्ने जिजीले उल्लेख गरेको छ ।

प्रतिक्रिया