प्रहरीद्वारा उपभोक्ता ठगीको आरोप अस्वीकार

Nepal Policeकाठमाडौं, २३ चैत । नेपाल प्रहरीले ‘पेट्रोलियम पदार्थ बिक्रीमा उपभोक्ता ठगी’को आरोप अस्वीकार गरेको छ ।

प्रहरी नायव महानिरीक्षक एवम् प्रवक्ता कमल सिंह बमद्वारा आज जारी विज्ञप्तिअनुसार प्रहरी मुख्यालय नक्साल परिषरबाट बिक्री हुँदै आएको डिजेल र पेट्रोलमा उपभाक्तालाई ठगी नरेको जनाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बजार अनुगमनका क्रममा चैत ३ गते प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्मबाट कम परिमाणमा उपभोक्तालाई डिजेल र पेट्रोल बिक्री वितरण गरेको पाइएपछि तीन वटा नोजलहरूमा शिल गरिएको थियो ।

उपभोक्ता ठगी गरेको आरोप लागेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा पाँच सदस्सीय छानविन समिति गठन गरेका थिए ।

सोही समितिले आइतबार बुझाएको प्रतिवेदनअनुसार प्रहरीले डिजेल र पेट्रोल बिक्री वितरणमा ठगी नगरेको दावी गरेको हो ।

‘छानविनका क्रममा समितिले पेट्रोल पम्पसँग सम्बन्धित र अन्य सम्वद्ध व्यक्तिहरूसँगसमेत सोधपुछ एवम् सिल गरिएका नोजलहरू चेकजाँच गर्दा गुणस्तर तथा नापतौल विभागबाट नियमित चेकजाँज गरी पहिले सिलबन्दी गरिएका सम्पूर्ण सिलहरू दुरुस्त अवस्थामा रहेकाले कुनै मिलोमतो वा वदनियतपूर्वक गरेको नभई यान्त्रिक त्रुटिका कारण तेल घटीबढी वितरण हुने गरेको पाइएको प्रतिवेदनले जनाएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘चैत ३ गतेको अनुगमनबाट कैफियत देखिएका ३ वटा नोजलहरू सिलवन्दी गरी छानविन गरेपश्चात उक्त संयुक्त अनुगमन टोलीसमेत इन्धन घटीबढी वितरण हुनुमा प्रहरी पेट्रोल पम्पमा कार्यरत कर्मचारीको कुनै मिलोमतो तथा वदनियत नदेखि मेसिन मर्मत गरी सञ्चालनमा ल्याउन लिखित पत्र पठाएको थियो’, प्रहरी मुख्यालयले भनेको छ ।

Press-Bigyapti1

Press-Bigyapti2

 

प्रतिक्रिया