‘रोहितको कप्तानी सबैभन्दा हेर्न लायक’

Ricky-Pontingमुम्बई, २३ चैत । अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले पेप्सी आइपीएल– ८ का खेलमा मुम्बई इन्डियनका रोहित शर्माको कप्तानी यस सिजनमा सबैभन्दा हेर्न लायक हुने बताएका छन् ।

मु्म्बई इन्डियनका प्रशिक्षकसमेत रहेका अष्ट्रेलियाका सबैभन्दा सफल कप्तान पोन्टिङले आफूले कप्तानी छाडेपछि रोहितले टिमलाई मजबुत बनाएको बताए ।

छैटौँ संस्करणमा उपाधी जिताउनु नै रोहितको क्षमतावान कप्तानीको प्रमाण देखिएको पोन्टिाङले बताए ।

पोन्टिङले भने, ‘उनीसँगै टोलीका खेलाडीलाई बुझ्न सक्ने क्षमता छ, त्यसले खेलाडीलाई सहि ठाउँमा प्रयोग गर्छन् ।’

मुम्बई इन्डियनका एरोन फिञ्च, रोहित शर्मा, कोरे एन्डरशन, लासीथ मालिङ्गा र मिशेल मैक्लेनघन विश्वकप २०१५ खेलेका खेलाडी हुन् ।

मुम्बई इन्डियनको पहिलो खेल साबिक विजेता कलकत्ता नाइट राइडर्ससँग अप्रिल ८ मा इडन गार्डेन स्टेडियममा हुुनेछ ।

प्रतिक्रिया