चरीकोट, २१ चैत । दोलखाको भीमेश्वर नगरपालिका–१० लेकटोलमा पतिले दुःख दिएको झोँकमा जेठी श्रीमतीले आफ्नै ट्रकमा आगजनी गरेकी छिन् ।
श्रीमान् सोमबहादुर तामाङले कान्छी श्रीमती भित्र्याएर आफूलाई हेला गरेको आरोपमा जेठी श्रीमती सुशीला तामाङले आफ्नै ट्रकमा आगजनी गरेकी हुन् ।
श्रीमान् सोमबहादुर कान्छी ल्याएर अलग बस्दै आएका थिए ।
बा. १ ख ८२६६ नम्बरको ट्रकमा आगो लगाउँदा करिब १० लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
ट्रकमा आगजनीपछि सोमबहादुरसहित उनका दुबै श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया