धादिङ, २० चैत । संयुक्त अनुगमन समितिले धादिङको राजमार्गका होटलमा गरेको अनुगमनपछि २१ वटा होटललाई सरसफाइ गुणस्तर सुधार गर्न सातदिने चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे नेतृत्वको टोलीले राजमार्गमा सञ्चालनमा ल्याइएका होटलको अनुगमन गरी उनीहरूलाई तत्काल गुणस्तर सुधार गर्न चेतावनीसहितको सातदिने पत्र थमाइएको छ ।
सरसफाइ, मूल्यसूची, व्यवस्थापन, तथा गुणस्तरमा सुधार गर्नका लागि चेतावनी दिइएको हो ।
चेतावनी पाउनेमा युनिक त्रिशूली रिभर भ्यू होटल गजुरी चाम्वास, होटल छहरा एन्ड रेस्टुराँ, गजुरी हछरा, मेरागाउँ रिर्सोट पीडा घाटबेंसी र फूलबारी होटल एन्ड लज गल्छी, गल्छी बगर रिर्सोट, लक्ष्मी होटल एन्ड लज, होटल राजधानी, होटल कान्तिपुर खयरघारी, होटल नमस्ते नेपाल ढाँडे, हिराचन होटल र शुभकामना होटल, धार्केस्थित रिया होटल, पाथीभरा, चालिसे होटल, केवि होटल र होटल आँधीखोला धाके रहेका छन् ।
भान्छा कोठा सरसफाइ गरी यात्रुमैत्री घरायसी वातावरण दिन सात दिनभित्र प्रतिवेदनसहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन सबै होटललाई पत्र बुझाइएको छ ।
धादिङभित्र पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका होटलहरूको अनुगमन गरिएको हो ।
प्रतिक्रिया