डुंगा दुर्घटनामा ५४ को मृत्यु, १५ बेपत्ता

Russian trawler

मस्को, १९ चैत । रसियाको सुदूर पूर्वी इलाकामा बिहीबार डुंंगा दुर्घटनामा कम्तीमा ५४ नाविकको मृत्यु भएको छ ।

रसियाली सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने ५४ व्यक्तिको शव निकालिएको र ६३ चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने अन्य १५ नाविक बेपत्ता छन् ।

रसियाको कम्चाट्का द्वीपको तटीय क्षेत्रमा स्थानीय समयाअनुसार बिहीबार ६ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । सामुद्रिक एक स्थानीय अधिकारीले डुंगामा ७८ जना रसियाली र कम्तीमा ४० म्यानमारका नागरिक रहेको जनाएका छन् ।

प्रारम्भिक समाचारअनुसार दुर्घटनामा घाइते भएका ४० व्यक्तिलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । खोजी र उद्धार कार्यमा ८०० व्यक्तिको सहभागिता रहेको जनाइएको छ । उद्धार र खोजी कार्यका लागि २६ वटा माछा मार्ने प्रयोजनमा लगाइने डुंगाको पनि परिचालन भएको छ ।

प्रतिक्रिया