विश्वको सबैभन्दा बढी उमेरका नागरिकको निधन

Ms Okawa was born on 5 March 1898 and celebrated her birthday earlier this monthओसाका, १८ चैत । विश्वकै सबैभन्दा बढी उमेरकी जापानी महिलाको बुधबार निधन भएको छ । प्राप्त समाचारअनुसार उनको ११७ वर्षको उमेरमा निधन भएको हो ।

जापानको ओसाका सहर निवासी मिसाओ ओकावालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले विश्वको सबैभन्दा बढी उमेरको नागरिकका रुपमा दर्ता गरेको थियो ।

जापानको ओसाका सहरका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उनको बुधबार बिहान निधन भएको हो ।

उनलाई स्थानीय नर्सिङ होममा राखिएको र त्यहीँ निधन भएको जनाइएको छ ।

उनलाई मुटुमा समस्या देखिएपछि नर्सिङ होममा भर्ना गरिएको थियो ।

उनको जन्म सन् १८९८ को मार्च ५ मा भएको थियो । उनलाई सन् २०१३ मा विश्वको सबैभन्दा बढी उमेरको नागरिकका रुपमा गिनिज वल्र्ड रेकर्डसले मान्यता दिएको थियो ।

प्रतिक्रिया