काठमाडौं, १५ वैशाख । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नी पत्नी हिसिला यमीको जन्मघर भत्किएकोमा चिन्ता जनाएका छन् ।
उनले राजधानीस्थित हिसिला जन्मिएको घरको अवलोकन गरी भूकम्पमा परेर खण्डहर बनेको घरप्रति चिन्ता जनाएका हुन् । दलबलसहित ससुराली घर पुगेका भट्टराईले भूकम्प पीडितहरूको उद्दार र राहतका लागि सरकारसँग आग्रह गरेका छन् ।
भट्टराईले हिसिला जन्मिएको घर हेर्दै गरेको तस्बिर खिँचेर सामाजिक सञ्जालमा राखेका छन् । उनको यो तस्बिरको आलोचना भएको छ ।
हेलिकप्टर नपाएर सर्वसाधारणले उद्दार र राहत नपाइ रहेका बेला एमाओवादी नेता भट्टराईले भने सेनाको हेलिकप्टर चढेर प्रभावित क्षेत्रको भ्रमण गरेका हुन् ।
उद्दार र राहतको पर्खामा रहेका हज्जारौं सर्वसाधारणले राजनीतिक दल र नेताहरूको सहयोगको प्रत्यक्ष अनुभूति नपाइरहेका बेला भट्टराईले भने ससुराली घरप्रति चिन्ता जनाएका हुन् ।
एमाओवादी नेता भट्टराईले भूकम्पबाट भत्किएको धरहरा हेर्दै इतिहाँसमा सीमित भनि टिप्पणी लेखेका छन् । उनले भत्किएको धरहरासँग तस्बिर पनि खिँचाएका छन् ।
आफ्नो गृह जिल्ला गोरखा पुगेका भट्टराईले नेपाली सेनाको हेलिकप्टर चढ्दै गरेको तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् ।
हेलिकप्टर नपाएर सर्वसाधारणले उद्दार र राहत नपाइ रहेका बेला एमाओवादी नेता भट्टराईले भने सेनाको हेलिकप्टर चढेर प्रभावित क्षेत्रको भ्रमण गरेका हुन् । उनको यो कार्यको पनि खुब आलोचना भएको छ ।
प्रतिक्रिया