मलेसियामा साथीहरुको ५ लाख कुम्ल्याएर गायव

Malaysia Bhandari

क्वालालम्पुर । मलेसियाको केलाङ कापर बातु १७ स्थित ग्लोब कम्पनी पीजीए २ (केओएसएसएन) मा कार्यरत काजीमान भण्डारी साथीहरूको रकम कुम्ल्याएर फरार भएका छन् ।

साथीहरूको ‘रकम निकालेर ल्याउँछु’ भनी बैंक कार्ड लिएर गएका भण्डारी १६ हजार ४५० (करिब ५ लाख रुपैयाँ) आरएम निकाली फरार भएका हुन् । धनकुटा लेगुवा–३ भण्डारी टोल खनियाका भण्डारी पैसा लिई फरार रहेको सोही कम्पनीका पीडित चितवन वीरेन्द्रनगर–४ का बलराम सुवेदीले बताए ।

उनका अनुसार आफ्नो १हजार ५५०, चितवनका दीप घिमिरेको १ हजार २५०, अविरल थापा मगर १ हजार १०० र नवलपरासीका एम चौधरी १ हजार २००, मोरङका कविनारायण खतिवडा १ हजार २५०, चन्दन पण्डित १ हजार ३००, भोजपुरका किसान भुजेल १ हजार ४५०, दीपक खत्रीको २ हजार ७००, बर्दियाका देवबहादुर वली ५०० र दाङका विनोद डाँगी ७००, गुल्मीका किरण थापा १०००, मुगुका रामबहादुर शाही ५००, योगराज बुढा १०००, होमबहादुर थापा १००० लगायतको १६, ४५० आरएम लिई उनी गायव भएका हुन् ।
–प्रदीप राईबाट

प्रतिक्रिया