वीरगन्ज, ८ वैशाख । काठमाडौंबाट सर्लाहीको मलङ्गवाका लागि छुटेको यात्रुबाहक रात्रिबस दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार ना ४ ख ४५१६ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत बाराको पिलुवा नजिकै दुर्घटनाग्रस्त भएको हो । यात्रुहरूका अनुसार बस सञ्चालन गर्ने चालक निदाएका कारण दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सर्लाहीको ब्रह्मपुरी गाविसका ४५ वर्षीय अखिल गिरी र उनकी पत्नी भवानी गिरीको घटनास्थलमा नै ज्यान गएको छ ।
गम्भीर घाइते भएका सर्लाहीकै लक्ष्मी पासवानलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याउँदैगर्दा ज्यान गएको थियो ।
दुर्घटनामा परी अन्य १६ जना घाइते भएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।
प्रतिक्रिया