कार बम विस्फोटमा आइएसको संलग्नता

कायरो, ८ वैशाख । इजिप्टको सिनाई प्रायद्वीपमा सोमबार सडक किनारमा योजना गरिएको एक बम विस्फोटनको इस्लामिस्क स्टेट (आइएस) लडाकू समूहले जिम्मा लिएको छ । विस्फोटमा परी तीन इजिप्टेली सैनिकको ज्यान गएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । विस्फोटन गाजा पट्टिमा रेहको विभाजित सहर रफाहको इजिप्टतर्फ भएको अधिकारीले जानकारी दिएका छन् । ताविल अल जिल्लाको सेनाका अधिकारी चढेका एक सवारी साधन सो बमसँग ठोक्किँदा सेनाका एक अधिकृत र दुई सैनिकको मृत्यु भएको जनाइएको छ ।
सिनाई समूहका आइएस लडाकू समूहले ट्विटरमार्फत सो विस्फोटन गराएको दाबी गरेका छन् । गत अप्रिल १२ इजिप्टमा भएको दुईवटा बम आक्रमणको पनि सोही समूहले जिम्मा लिएका थिए । सो आक्रमणमा परी ११ जना सुरक्षा अधिकारीसहित १४ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी आइएस लडाकू समूहले गत अप्रिल २ मा इजिप्टको सिनाई प्रायद्वीपमा रहेको पाँच वटा प्रहरी चौकीमा एक साथै आक्रमण गराएका थिए ।

प्रतिक्रिया