लसएन्जल्स । हलिउड फिल्म ‘ट्वीलाइट’ अभिनेत्री निक्की रिडले फेसन लाइनमा आफ्नो रुचि रहेको बताएकी छन् । उनले भविष्यमा आफूले फेसन लाइनलाई नै अघि बढाउने जनाएकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आफूले फेसनलाई कहिल्यै पनि इन्कार नगरेको जनाउँदै मौका मिलेको बेला आफूले सुरु गर्ने बताएकी हुन् । ‘एम्ब्रान्डरी वक्र्स र स्लिप ड्रेसेसले मलाई लोभ्याउने गरेको छ, मेरो लागि यो कुरा नै प्रेरणा बनेको छ, म आफ्नो एउटा फेसन लाइन ल्याउन चाहन्छु, जसमा मेरो एक स्टाइल होस्,’ उनले भनेकी छन्, ‘म क्यालिफोर्नियामा हुर्कीबढी गरेकाले पनि मलाई फेशन लाइनमा आउन ठूलो इच्छा छ ।’
फेसनलाई आफूले आरामदायी विषय मानेको उनले जनाइन् । ‘तपाईं जहिल्यै पनि आफूलाई आरामदायक किसिमको लुगा लगाउन पाउँ भन्ने सोच्नुहुन्छ, त्यसकारण फेसन तपाईंका लागि आरामदायी विषय बनेको छ,’उनले भनेकी छन्, ‘मलाई लुगा लगाउन निकै आनन्द आउँछ, अझ लुगासँग गहना लगाउनको मज्जा नै बेग्लै हुन्छ ।’ (एजेन्सी)
प्रतिक्रिया