गोरखामा एउटा व्यक्तिको दुईवटा नागरिकता

Nagriktaगोरखाबजार, १७ चैत । बेग्लाबेग्लै नाममा एक सेवाग्राहीले दुईवटा नागरिकता लिएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाबाट नियम विपरीत मान्वु गाविस–३ का एक व्यक्तिले फरक नाममा दुई नागरिकता लिएका हुन् ।

प्रेमबहादुर नगरकोटी श्रेष्ठ र मिलन नगरकोटी श्रेष्ठको नाममा नागरिकता बनेको उल्लेखसहित कार्यालयमा उजुरी परेको छ ।

२०६५ माघ १३ गते प्रेमबहादुर नगरकोटी श्रेष्ठ नाममा नागरिकता बनाएका ती सेवाग्राहीले पुनः २०६७ वैशाख ३ गते अर्को मिलन नगरकोटी श्रेष्ठ नाममा नागरिकता बनाएको देखिन्छ ।

स्रोतका अनुसार दुईवटा नागरिकता लिएका ती सेवाग्राहीका आफन्तले छानबिन गरी कारबाही गर्न प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

पारिवारिक सम्बन्धमा खटपट आएपछि दुईवटा नागरिकता लिएको भन्ने उजुरी परेको हो ।

प्रतिक्रिया