टोकियो, १७ चैत । चीनले प्रस्ताव तथा नयाँ बन्न लागेको एक एसियाली बैंकमा जापानले नबस्ने सङ्केत दिएको छ ।
चीनले प्रस्ताव गरेको एक नयाँ बैंक, एसियाली पूर्वाधार विकास बैँकमा जापान नबस्ने सङ्केत दिएको समाचारमा जनाइएको छ । नयाँ बैंक निर्माणको सो प्रस्ताव चीनले गरेको छ ।
चीनले केही समयमात्र अघि एसियाको बैंकका रुपमा एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) स्थापनाको प्रस्ताव गरेको थियो ।
यसअघि चीनका लागि जापानी राजदूतले भने सो बैंकमा जापान पनि सहभागी हुनसक्ने आसय व्यक्त गरेका थिए ।
तर आज सो आसय विपरीत जापानी मन्त्रिपरिषद्का मुख्य सचिवले खण्डन गरेका छन् । उनले यस विषयमा जापानले केही नसोचेको पनि बताए ।
यसअघि फाइनान्सियल टाइम्ससँगको कुराकानीमा चीनका लागि जापानी राजदूत मासातो कितेराले सो बैंकमा जापान बस्नसक्ने भनी अन्तरवार्ता दिएका थिए ।
यस विषयमा जापानी मन्त्रिपरिषद्का मुख्यसचिव योसिहिदे सुगाले भने, ‘बैंकका विषयमा जापानको अडानमा कुनै परिवर्तन आएको छैन, हामीले कुनै नयाँ निर्णय गरेका छैनौँ ।’
जापानको राजधानी टोकियोमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘मैले पनि यस विषयमा सूचना पाएको छु कि राजदूतले पनि यस बारेमा कुनैपनि प्रतिक्रिया दिनुभएको छैन ।’
मुख्य सचिव सुगाले यस विषयमा जापानी राजदूतले जापान सहभागी हुने भनेर कुनैपनि अन्तरवार्ता नदिएको जानकारी दिएको समाचारमा जनाइएको छ ।
चीनले जापानलाई पनि उक्त बैंकको संस्थापक सदस्यको रुपमा प्रवेशका लागि प्रस्ताव गरेको छ । चीनले संस्थापक सदस्यका लागि आवेदन गर्न यही मार्च महिनाको अन्तिम समय दिएको छ ।
सो समय पूराहुन केही दिनमात्र बाँकी रहँदा जापानको यो प्रतिक्रिया आएको छ । बैंकको संस्थापक सदस्यताका लागि अष्ट्रेलिया, जर्मन, फ्रान्स, बेलायत, इटाली र रसियाले भने समर्थन गरिसकेका छन् । ती देशले संस्थापक सदस्यताका रुपमा ५० अर्ब अमेरिकी डलर बराबरको पुँजी पनि जम्मा गर्ने जनाएका छन् ।
त्यस्तै चीनको अर्काे एक छिमेकी एवम् चीनसँगको लामो समयको सत्रुतापूर्ण सम्बन्ध रहेको देश ताइवानले पनि सो बैंकमा सहभागिताका लागि छिटै नै आवेदन गर्ने जनाएको छ ।
प्रतिक्रिया