धादिङमा बस ठोक्किँदा ४ को मृत्यु

गजुरी, १६ चैत । धादिङको जोगीमारा– ९ स्थित खटौतीखोलानजिकै सोमबार बिहान २ वटा गाडी ठोक्किँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा माइक्रो बसका चालकसहित विदेशी पर्यटक छन् । मृतकको सनाखत भएको छैन । काठमाडौंबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९५९३ नम्बरको बस र पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बा१प १०२८ नम्बरको पर्यटक माइक्रोबस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएका छन्् । घाइतेको गजुरी र मलेखुस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया