काठमाडौं, १५ चैत । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी सेर्पा अवैध सुनसहित पक्राउ परेका छन् ।
उनी शनिबार राति १० बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । हङकङबाट नेपाल फर्कने क्रममा शंका लागेर जाँच गर्दा अवैध सुन भेटिएपछि उनलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद सुन भन्सारमा जाँचका लागि लगिएकाले यकिन परिमाण खुलिसकेको छैन । सञ्चारमाध्यममा भने २५ तोला सुन बरामद भएको खबर आएको छ । विदेशबाट आउने व्यक्तिले ५ तोलासम्म मात्र सुन ल्याउन पाउने नियम छ ।
उनी ध्रुवबहादुर प्रधान नेतृत्वको नेपाल ओलम्पिक कमिटीका उपमहासचिव र नेपाल बास्कटेबल सघंको अध्यक्षसमेत हुन् । उनी केही महिनाअघि मात्र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको सिफारिसमा परिषदमा उपाध्यक्ष बनेका थिए ।
प्रतिक्रिया