पचासी वर्षे पूरानो कुमारी जात्रा

Kumari-Jatraबनेपा, १४ चैत । काभ्रेपलाञ्चोकको पनौतीमा आज झन्डै ८५ वर्षअघिको लोपोन्मुख पुरानो जीवित कुमारी जात्रा लागेकोे छ ।

स्थानीय युवाको सक्रियतामा सुरु भएको जात्राका लागि केही दिनअघि नै पनौतीमा कुमारी प्रतिष्ठापन गरिएको थियो ।

कुमारीको पूजाआजा गरी दर्शन गरेपछि पुण्य प्राप्त हुनाका साथै रोगव्याधिबाट मुक्त हुने धार्मिक विश्वास रहेको सङ्कटा जात्रा व्यवस्थापन समितिका कोषाध्यक्ष शिवनारायण घुल्लुले जानकारी दिए ।

‘हामीजस्ता युवाले यस्तो संस्कृतिको संरक्षण नगर्ने हो भने हाम्रो संस्कार र संस्कृति लोप हुने खतरा भएकाले हामीले यो जात्राको आयोजना गरेका हौँ’, घुल्लुले भने ।

उनका अनुसार राजा जयप्रकाश मल्लले देवीलाई कुदृष्टि लगाएकाले देवी अन्तध्र्यान भएको र राजाले दर्शन गर्न नपाएकाले पश्चात्ताप गरेपछि देवीले शाक्य कुलकी कन्याका रुपमा आउने बताएकाले कन्यालाई कुमारीका रुपमा राखी पूजाआजा चलाएको धार्मिक विश्वास छ ।

जात्रामा सहभागी हुन काठमाडौं, भक्तपुर, ललितपुरलगायत जिल्लाबाट नेवार समुदायका व्यक्तिको उल्लेखनीय सहभागिता छ ।

प्रतिक्रिया