‘सहमति नभए बहुमतीय प्रक्रिया त छदैछ’

Sushil,-Kp-&-Mahendraभक्तपुर, १४ चैत । वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री सुशील कोइराला र एमालेका अध्यक्ष केपी ओलीबीच परामर्श भएको छ ।

भक्तपुरको बालकोटमा आज डेढ घन्टा भएको वार्तामा सहमतिलाई नै प्राथमिकता दिएर अगाडि जाने बारेमा छलफल भएको हो ।

वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले ओलीसँगको भेटमा सहमतिका आधारमा जानेबारे कुराकानी भएको बताए ।

उनले भने, ‘संविधान निर्माणका लागि सहमतिमै जुटौँ, सहमतिलाई पहिलो प्राथमिकता दिएर सहमतिकै आधारमा संविधान निर्माण गरौँ भन्नेबारेमा छलफल भयो ।’

प्रधानमन्त्री कोइरालाले भने, ‘दलहरूका बीच सहमति नभए बहुमतीय प्रक्रिया त छदैछ नी ।’

भेटमा दुई नेताको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी आदानप्रदान गरिएको थियो ।

भेटवार्तापछि प्रतिक्रिया दिँदै एमाले नेता समेत रहेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीको भेटमा संविधान निर्माणकै विषयमा छलफल भएको बताए ।

सहमतिमै संविधान निर्माण गरी घोषणा गर्नेबारेमा कोइराला र ओलीबीच छलफल भएको पाण्डले बताए ।

प्रतिक्रिया