अष्ट्रेलिया विश्वकपको फाइनमा प्रवेश

australia.reutersकाठमाडौं, १२ चैत । अष्ट्रेलियाले भारतलाई ९५ रनले पराजित गर्दै विश्वकप क्रिकेटको फाइनमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाको सिड्नीमा आज भएको सेमीफाइनमा अष्ट्रेलियाले भारतलाई ३ सय २९ रनको चुनौती दिएको थियो । अष्ट्रेलियाले अब आइतबार फाइनमा न्यूजिल्यान्डसँग भिड्ने छ ।

न्यूजिल्यान्ड विश्व कप क्रिकेटको फाइनमा पहिलो पटक प्रवेश गरेको हो ।

यसअघि समूह चरणमा भएको भेटमा न्यूजिल्यान्डले अष्ट्रेलियामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा विकेट ७ गुमाएर ३२९ रनको चुनौती पेस गरेको थियो ।

अष्ट्रेलियाका ओपनर डेभिड वार्नर १२ रनमा आउट भए । जतिबेला अष्ट्रेलियाले मात्र १५ रन बनाएको थियो ।

तर, आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाको पारी सम्हाले ।

फिन्च र स्मिथले दोस्रो विकेटका लागि १८२ रनको साभेदारी गर्दै अष्ट्रेलयाको पारी उकासेका थिए ।

१०५ रनमा आउट भएका स्मिथले ९३ बलको सामना गर्दै ११ चौका र २ छक्का हाने ।

फिन्च र ग्लेन म्याक्सवेलले ३५ रनको साझेदारी गरे । म्याक्सवेल २३ रन र एरोन फिन्च ८१ रनमा पभेलिन फर्किए ।
अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए ।

म्याक्सवेल, फिन्च र क्लार्कको विकेट लगातार झर्दा अष्ट्रेलियाको रनको गति केही सुस्त भएको थियो ।

तर, अन्तिम ओभरमा मिचेल जोनसन र फल्कनरले केही ठूलो सर्ट खेलेर अष्ट्रेलियाको पारी ३ सय कटाए ।

जेम्स फल्कनरले १२ बलमा २१ रन तुफानी पारी खेले । मिचेल जोनसन ९ बलमा चार चौका र एक छक्काको मदतमा २७ रनमा अविजित रहे । ब्राड हेडिल ७ रनमा अविजित रहे ।

बलिङ तर्फ भारतका लागि उमेश यादवले ४ विकेट लिए भने मोहित शर्माले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारत ४६.५ ओभरमा २३३ रन जोड्दा अल आउट भयो ।

अष्ट्रेलियाका लागि बलिङतर्फ जेम्स फौकनर ३ विकेट, मिचेल स्टार्क २ विकेट,मिचेल जोनसन २ विकेट र हेजलहुडले १ विकेट लिए ।

प्रतिक्रिया