अफगानिस्तान, १२ चैत । उत्तरी अफगान प्रान्त बाघलानमा करिब १० तालिवानी आतङ्ककारी समूहले सरकारी अधिकारीसमक्ष आत्मसमर्पण गरेका एक सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ ।
ती दस सदस्यीय तालिवानी समूहले हिंसा त्यागी जिल्गा जिल्लामा शान्ति र पुनर्मिलन कार्यमा सहभागिता जनाउने प्रतिबद्धता गरेका जिल्ला गभर्नर मोहमद सर्वारले सिन्ह्वा समाचार समितिलाई बताए ।
सरकारी अधिकारीसमक्ष तालिवानी लडाकु विभिन्न हातहतियारसहित आत्मसमर्पण गरेका जनाइएको छ ।
अफगानिस्तानमा जारी द्वन्द्व समाधानका लागि शान्ति र पुनर्मिलन कार्यका लागि अफगान सरकारले सन् २०१० मा ७० सदस्यीय उच्चस्तरीय शान्ति परिषद्को स्थापना गरेको थियो ।
प्रतिक्रिया