भारतलाई ३२९ रनको अस्ट्रेलियाली चुनौती

aus vs india
काठमाडौं, १२ चैत । आईसीसी क्रिकेट विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिडिरहेका छन् । अस्ट्रेलियाले भारतलाई ३२९ रनको चुनौती दिएको छ ।

घरेलु मैदान सिड्नीमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा ३२८ रन बनाएको हो । जारी खेलमा अस्ट्रेलियाका एसपीडी स्मिथले शतक प्रहार गरेका छन् । उनले ९३ बलमा ११ चौका र २ छक्काको मद्दतले १०५ रन बनाएका हुन् ।

आजको विजेताले विश्वकपको उपाधिका लागि आइतबार न्युजिल्यान्डको सामना गर्नेछ । अस्ट्रेलियाले चारपटक उपाधि जितिसकेको छ भने भारत साविक विजेता हो ।

प्रतिक्रिया