सिङ्गापुरका संस्थापक नेता लिको निधन

lee_kuan_yewसिङ्गापुर, ९ चैत । सिङ्गापुरका संस्थापक नेता एवम पूर्व प्रधानमन्त्री लि क्वान युको निधन भएको छ ।

उपचारार्थ अस्पताल रहेका उनको सोमबार बिहान निधन भएको प्राप्त समाचारमा जनाइएको छ ।

सिङ्गापुरका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्रीसमेत रहेका लिलाई सिङ्गापुरका नागरिकले राष्ट्रपिताका रुपमा पनि सम्मान गर्ने गर्छन् । ९१ वर्षीय लि गत फेब्रुअरीको सुरुदेखि नै कडा निमोनियाले ग्रस्त थिए ।

पूर्व प्रधानमन्त्री लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिएका थिए । यस अवधिमा उनले प्राकृतिक स्रोतमा सम्पन्न भए पनि एसियाकै गरिब द्विपीय राष्ट्र सिङ्गापुरलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रुपमा रुपान्तरण गरे ।

नेता लि वर्तमान एवम् आधुनिक सिङ्गापुरका संस्थापक र प्रारुप तयार पार्ने व्यक्ति हुन् । हालको संसारमा चिनिएको सिङ्गापुर निर्माणमा उनको विशिष्ठ योगदान रहेको भनी सिङ्गापुरका नागरिक मान्ने गर्छन् ।

आधुनिक सिङ्गापुर विकासका क्षेत्रमा संसारकै एक उदाहरण हो र त्यहाँ अपराध र भ्रष्टाचारको परिमाण अत्यन्तै न्यून रहेको छ । सिङ्गापुरमा सबैजसो जनता लिलाई अत्यन्तै आदर र सम्मान गर्दछन् ।

लि क्वान यु सिङ्गापुरको संस्थापक नेतामात्र नभई दक्षिण पूर्वी एसियाली राष्ट्रिय सङ्गठन (आसियान) का पनि सह संस्थापक नेता थिए ।

उनको सोमबार बिहान भएको निधनप्रति विश्वका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिएका थिए ।

प्रतिक्रिया