गृहमन्त्रीका स्वकीय सचिव दुर्घटनामा परे

Vijaya Raj Bistaसप्तरी, ८ चैत । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सप्तरीको रायपुरस्थित रुपनीमा कार दुर्घटना हुँदा उपप्रधान एवम् गृह मन्त्री वामदेव गौतमका स्वकीय सचिवसहित दुई जना गम्भीर घाइते भएका छन् ।

सप्तरीको बरमझियाबाट पेडा लिएर काठमाडौं जाँदै गरेको बा१झ ८५२४ नम्बरको कार शनिबार राति दुर्घटना हुँदा गृहमन्त्री गौतमका स्वकीय सचिव विजयराज विष्ट गम्भीर घाइते भएका हुन् ।

प्युठान जिल्ला निवासी विष्ट र कारमै सवार सिरहा पोर्ताहा–५ का अशोक यादव घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

कार स्वकीय सचिव विष्ट आफैँले चलाएर जाँदै गर्दा अचानक टायर पड्किएर दुर्घटनामा परेको बताइएको छ ।

घाइते दुवैको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया