भारतमा रेल दुर्घटना, कम्तीमा २२ को मृत्यु

India train accident

नयाँ दिल्ली, ६ चैत । भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

देहरादुन–बारानासी जनता एक्प्रेस नामक रेलका २ वटा डिब्बा पटरीबाट छुट्टिएपछि दुर्घटना भएको स्नाथीय टेलिभिजन च्यानल ‘टाइम्स नाउ’ले जनाएको छ  ।  रेलवे अधिकारीहरु दुर्घटनास्थल पुगेको र उद्धार कार्य जारी रहेको जानकारी दिइएको छ ।

गत महिनामा पनि दक्षिणी भारतमा यात्रुबाहक रेल दुर्घटनामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो ।

यसैबीच रेल दुर्घटनाका मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख भारतीय रुपैयाँ दिइने रेलवे अधिकारीले घोषणा गरेका छन् । एजेन्सी

प्रतिक्रिया