एमाओवादी अध्यक्ष दाहाल चीन जाने

prachanda

काठमाडौं, ६ चैत । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार चीन भ्रमणमा जाने भएका छन् ।

दाहाल चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो मान्दै चीनको युनान प्रान्तको कुन्मिङ सहर जान लागेका हुन् । पार्टी महासचिव कृष्णबहादुर महराका साथ चीन भ्रमणमा जाने उनको निजी सचिवालयले जनाएको छ ।
केही साताअघि मात्र वरिष्ठ नेता डा. बाबुराम भट्टराई भारत भ्रमणमा गएका थिए ।

प्रतिक्रिया