पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

Cricket WCup Australia Pakistan

काठमाडौं, ६ चैत । आईसीसी क्रिकेट विश्वपकको तेस्रो क्वाटरफाइनल खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ ।

अस्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको २१४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियालाई जित दिलाउने क्रममा स्टिभिन स्मिथले ६९ बलमा ७ चौकाको मद्दतले सर्वाधिक ६५ रन जोडे । सेन वाट्सनले अविजित ६४ रन, डेबिड वार्नर २४ रन र ग्लेन म्याक्सवेलले ४४ रनको योगदान दिए ।
अस्ट्रेलियाले २.३ ओभरमा टिमको स्कोर १५ रन हुँदा एरोन फिन्चलाई (२ रन) गुमाएको थियो । कप्तान माइकल क्लार्क (८) रनमा वाहब रियाजको बलमा सोहिव मक्सुदबाट क्याचआउट भए ।
…………………

विश्वकप क्रिकेट प्र्रतियोगिताअन्तर्गत बिहीबार जारी तेस्रो क्वाटरफाइनलमा पाकिस्तानले द्रिएको २१४ रनको चुनौती पछ्याइरहेको अस्टे«लियालाई तेस्र्रो ओभरमा पहिलो झड्का लागेको छ । त्यस्तै नवौं ओभरमा अर्को झड्का बेहोरेको छ ।
ओपनर आरोन फ्लिन्च ५ बलमा २ रन बनाएर सोहेल खानको बलमा एलबीडब्लु भए । डेभिड वार्नर पनि २४ रन बनाई आउट भएका छन् ।

…………..

आईसीसी क्रिकेट विश्वकप प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा आज पाकिस्तानले अस्ट्रेलियाको सामना गरिरहेको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको पाकिस्तानले अस्ट्रेलियासामु २१४ रनको विजय–लक्ष्य पेस गरेको छ । अस्ट्रेलियामा जारी खेलमा ४९.५ ओभरमा अलआउट हुँदै पाकिस्तानले २१३ रन बनाउन सकेको हो । पाकिस्तानका लागि ८ खेलाडीले दोहोरो अंक छोए पनि कसैले पनि अर्धशतक पूरा गर्न सकेनन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हरिस सोहेलले ५७ बल खेल्दै बनाएको ४१ रन नै पाकिस्तानी इनिङको सर्वोच्च व्यक्तिगत स्कोर रह्यो । कप्तान मिसबाह उल हकले ५९ बल खे्रलेर बनाएको ३४ रन दोस्र्रो सर्वोच्च निजी स्कोर रह्यो ।

सोहेल र मिसबाहले तेस्र्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । पहिलो विकेट २० रन र दोस्र्रो विकेट २४ रनमा ढलेपछि उनीहरूले मिसबाह आउट हुनुअघि टिमस्कोरलाई ९७ रनमा पुर्याएका थिए । तर, मिसबाह र ११२ रनको स्कोर हुँदा सोहेल आउट भएपछि पाकिस्तानका ब्याट्सम्यानहरू नियमित अ्रन्तरालमा आउट हुँदै रहे जसले गर्दा टिमस्कोर चुनौतीपूर्ण हुन सकेन ।

अहमद सहजादले ५ रन, सरफराज अहमदले १०, उमर अकमलले २०, सोहेब मक्सुदले २९, साहिद अफ्रिदीले २३, वहाब रियाजले १६, एहसान आदिलले १५ र सोहेल खानले ४ रन बनाए । राहत अली ६ रनमा नटआउट रहे ।

अफ्रिदीका लागि अन्तिम एकविदसीय म्याच हुन सक्ने अनुमान गरिएको यो म्याचमा उनले आफ्नो विशिष्ट शैलीमा खे्रल्दै १५ बलमा १ छक्का र ३ चौका मद्दतले २३ रन बनाएका हुन् ।

अस्टे«लियाका लागि हेजलवुड सर्वाधिक सफल बलर रहे जसले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २–२ तथा मिचेल जोन्सन र जेम्स फकनरले १–१ विकेट लिए ।

प्रतिक्रिया